राष्ट्रपतिको खोप कुटनीति निश्प्रभावी, धेरै राष्ट्रले पत्रको जवाफ समेत फर्काएनन्
नेपालबहस संवाददाता
असार २, २०७८ बुधबार १९:१:२४
२ असार, काठमाडौं । कोभिडविरुद्धको खोप सहयोग गर्न राष्ट्रपति विद्या भण्डारीले जेठ दोस्रो साता विभिन्न देशका प्रमुखलाई टेलीफोन वार्ता र पत्राचार गरिन् । दोस्रो पटक प्रतिनिधिसभा विघटनमा प्रधानमन्त्री केपी शर्मा ओलीको मतियार बनेको आरोप लाइरहदा उनको यो प्रयासलाई कतीपयले सेरेमोनियल राष्ट्रपतिलाई कार्यकारीको रहर भनेर पनि अर्थाएका थिए । त्यसो त खोप प्राप्तिका लागि राष्ट्रपतिका तर्फबाट भएका पहलको प्रशंसा समेत भएको थियो ।
तर राष्ट्रपतिले पत्रचार गरेको तीन साता वित्न लग्दा चीनबाहेक कसैले पनि खोप सहयोग गरेका छैनन् । उनको आग्रहपछि चीनबाहेक कुनै पनि मुलुकले खोप नदिएका मात्र होइनन् भण्डारी पठाएको पत्रको जवाफ समेत दिएका छैनन ।
राष्ट्रपतिले खोपका लागि चिनियाँ राष्ट्रपति सी चिनफिङसँग फोनवार्ता गरेकी थिइन् । जेठ १५ भित्र उनले अमेरिका र रुसका राष्ट्रपति तथा बेलायतकी महारानीलाई पत्र पठाएकी थिइन्। चीनले प्रतिबद्धता जनाएर अनुसार १० लाख डोज खोप दिइसकेको छ । तर बाँकी देशले पत्रको जवाफसमेत दिएका छैनन् । राष्ट्रपतिले गरेको आग्रहमा जवाफ नै नआउनुले हाम्रो कूटनीतिक असफलता भएको परराष्ट्र मामिला जानकारहरु बताउछन् ।
त्यही समय सात दश दिन भित्र खोपमा ब्रके थ्रु हुने बताएका परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञावलाी हाल पदमुक्त भएका छन् । तर खोपको ब्रेक थ्रुको कुनै अत्तो पत्तो छैन । जेठ १४ मा तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिका र चीनसँग ५०/५० लाख डोजका लागि कुरा भइरहेको तथा बेलायत र रुसमा पनि खरिदका लागि पत्राचार गरेकाले १० देखि १२ दिनभित्र खोपबारे नयाँ घोषणा हुने बताएका थिए ।
पत्राचार गरेका देश र त्यहाँका कम्पनीले ठोस जवाफ नदिका खरिदका लागि पनि पहल नहुँदा स्वास्थ्य मन्त्रालय खोप कसरी व्यवस्थापन गर्ने भन्ने अन्योलमा छ । सरकारी वेवास्ता गर्दा कोभिसिल्डको पहिलो डोज लगाएका ज्येष्ठ नागरिकले १२ साताको मापदण्डमा दोस्रो डोज लगाउन पाएका छैंन् ।
सरकारले फागुन तेस्रो साता ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको कोभिसिल्ड खोप दिएको थियो । बेलायतको अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनेकाले विकास गरेको उक्त खोप भारतको सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको हो । पहिलो डोज खोप लगाउन पाएपछि खुसी भएका वृद्धवृद्धा अहिले दोस्रो डोजको पर्खाइमा छन् । स्वास्थ्य सेवा विभागका अनुसार यसरी खोप कुरेर बस्ने १४ लाख ५३ हजारभन्दा बढी छन् ।
विश्व स्वास्थ्य संगठनले गत फेब्रुअरीमा कोभिसिल्ड खोप ८ देखि १२ सातासम्मको अन्तरमा लगाए प्रभावकारी हुने भनेको थियो । जसअनुसार फागुन २३ देखिको खोप अभियानमा सहभागीले जेठ तेस्रो सातासम्म दोस्रो डोज लिइसक्नुपर्ने हो तर खोप ल्याउन नसकेपछि सरकारले १६ साता भित्र पनि लगाउन सकिने भन्दै समय अवधि बढाउदै लगेको छ ।
बर्षादको समय प्रकृतिक प्रकोपका घटनहरु बढी हुने हुँदा कोरोनाको जोखिम अझ बढने भन्दै तत्काल खोपको ब्यवस्था गर्न जनस्वास्थ्य विदहरुले सुझाब दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार