बलिउड निर्देशक चन्द्रशेखरको ९७ बर्षको उमेरमा निधन

नेपालबहस संवाददाता
असार २, २०७८ बुधबार २०:१४:१४

बलिउड निर्देशक तथा कलाकार चन्द्रशेखरको निधन भएको छ । उनको आज बिहान ७ बजे ९७ बर्षको उमेरमा निधन भएको भारतीय मिडियाले उल्लेख गरेका हुन् ।
उनको अन्तिम संकार आज नै गर्ने तयारी उनको परिवारले गरेको छ । चन्द्रशेखरका छोरा अशोकले भारतीय मिडियासँग कुरा गर्दै उनको निधन सुतिरहेको समयमा भएको बताएका छन् ।
स्वास्थ्यमा कुनै समस्या नभएको भन्दै उनले शान्तिपूर्ण तरिकाले पिताले अन्तिम सास लिएको बताएका छन् । चन्द्रशेखरले २५० भन्दा बढी चलचित्रमा काम गरेका छन् ।
हैदराबादमा जन्मिएका चन्द्रशेखरले सन् १९५३ मा रिलिज फिलम वी शान्तारामको फिल्म ‘सुरंग’मा पहिलोपटक नायकका रुपमा अभिनय गरेका थिए । यसपछि उनले ‘कवि’, ‘मस्ताना’, ‘बरादरी’, ‘काली टोपी लाल रूमाल’, ‘स्ट्रीट सिंगर’ जस्ता फिल्ममा नायकका रुपमा अभिनय गरे ।
नायकका रुपमा काम पाउन छाडेपछि सन् ६० देखि ७० को दशकमा उनले ‘कटी पतंग’, ‘हम तुम और वो’, ‘अजनबी’, ‘महबूबा’, ‘अलग–अलग’, ‘शक्ति’, ‘शराबी’, ‘डिस्को डान्सर’, ‘नमक हलाल’, ‘द बर्निंग ट्रेन’, ‘संसार’, ‘हुकूमत’ जस्ता फिल्ममा चरित्र अभिनेताको रुपमा अभिनय गरे ।
‘गेट वे अफ इण्डिया’, ‘फेशन’, ‘बरसात की रात’, ‘बात एक रात की’, ‘अंगुलीमाल’, ‘रुस्तम–ए–बगदाद’, ‘किंग कङ’ र ‘जहाँ आरा’ जस्ता फिल्ममा उनले निभाएको चरित्र दर्शकमाझ निकै लोकप्रिय बनेको थियो । सन् १९९८ मा रिलिज रामानन्द सागरको रामायणमा चन्द्रशेखरले ‘आर्य सुमन्त’को भूमिका निभाएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरश्मिका मन्दनाका तीन फिल्मले कमायो तीन हजार एक सय ६५ करोड
फागुन १४, २०८१ बुधबार
विक्की कौशलको पाँच सय करोड कमाउने पहिलो फिल्म बन्यो 'छावा'
फागुन १४, २०८१ बुधबार
‘सनम तेरी कसम’ बन्यो रि–रिलिजमा सबैभन्दा बढी कमाउने फिल्म
फागुन १४, २०८१ बुधबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
भारतको केआईआईटी कलेजबाट फर्किएका विद्यार्थीलाई त्रिविले भर्ना लिने
फागुन १३, २०८१ मंगलबार
सुडानमा सैनिक विमान दुर्घटना हुँदा ४६ जनाको मृत्यु, १० जना घाइते
फागुन १४, २०८१ बुधबार
अमेरिकामा ५० लाख डलर तिरेर नागरिकता पाउने अफर : यो एउटा बाटो हो, गन्तव्य होइन !
फागुन १४, २०८१ बुधबार
प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबीच भेट
फागुन १४, २०८१ बुधबार
माछा मार्न गएका युवकको मृत्यु
फागुन १४, २०८१ बुधबार
एमालेको सचिवालय बैठक बोलाइयो
फागुन १४, २०८१ बुधबार