झोलुङ्गे पुल निर्माण हुँदा स्थानीयमा खुशी
नेपालबहस संवाददाता
असार २, २०७८ बुधबार २०:१७:५२
२ असार,लहान । सिरहाको धनगढीमाई नगरपालिका बिहीबारेस्थित सर्रे खोलामा झोलुङ्गे पुल निर्माण हुने भएको छ ।
विगत लामो समयदेखि जोखिमपूर्ण यात्रा गर्न वाध्य भएका धनगढीमाई नगरपालिका—१४ का बासिन्दालाई लक्षित गरी नगरपालिकाले सर्रे खोलामा झोलुङ्गे पुल निर्माण गर्न लागिएको हो । पुल निर्माण भएपछि धनगढीमाई नगरपालिका— १४ का मड्यान, महाजनी, हाथीढुङ्गा, राईराईनीलगायतका स्थानीयवासी लाभान्वित हुने छन् ।
नगरपालिकाको कार्यालय र वडा नम्बर १४ लाई जोड्ने मूल सडकमा पर्ने सर्रे खोलामा पुल नहुदाँ त्यस क्षेत्रका स्थानीयवासी जोखिमपूर्ण यात्रा गर्दै आएका थिए । सधैँ बाढी र वर्षाका कारण खोलामा पानी आउँदा आवागमन अवरुद्ध हुने भएपछि समस्या झेल्दै आएका त्यस क्षेत्रका बासिन्दाले पुल निर्माण हुने भएपछि अब निर्बाध रुपमा आवतजावत गर्न पाउने हुँदा खुशी भएका छन् ।
वर्षौदेखिको त्यस क्षेत्रको समस्याप्रति गम्भीर हुँदै झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम, धनगढीमाई नगरपालिका र स्थानीयवासीको त्रिपक्षीय सहयोगमा करिव रु एक करोड ७ लाखको लागतमा ९६ मिटर लामो झोलुङ्गे पुल निर्माण गर्न लागेको हा । पाँच फिट चौडाइ रहने उक्त पुलको नगरप्रमुख हरिनारायण चौधरीले शिलान्यास गरे । पुल यसै आर्थिक वर्षभित्र निर्माण भइसक्ने नगरप्रमुख चौधरीको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदृष्टिविहीनका विद्यालय सञ्चालन गर्न मधेश सरकारले सघाउने
पुष ९, २०८१ मंगलबार
जनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
क्रिसमसको दिन युक्रेनी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै रुसी आक्रमण
पुष १०, २०८१ बुधबार
संविधान संशोधन गर्न छिट्टै कार्यदल गठन गरिने एमालेको निर्णय
पुष १०, २०८१ बुधबार
लगानीमैत्री कानुन निर्माण गर्न मुख्यमन्त्री कँडेलको आग्रह
पुष १०, २०८१ बुधबार
आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ: अध्यक्ष दाहाल
पुष १०, २०८१ बुधबार
मध्यपुरथिमिमा बुद्धको अस्थिधातु स्थापना, सर्वसाधारणका लागि प्रदर्शन गरिने
पुष १०, २०८१ बुधबार