हिलाले अस्तव्यस्त बनेको बंकुल बजार
नेपालबहस संवाददाता
असार २, २०७८ बिहिबार ०:२३:४३
२ असार,रौतहट । बौद्धीमाई नगरपालिका वडा नम्बर ७ र ८ मा पर्ने बंकुल बजार हिलाले अस्तव्यस्त बनेको छ । सम्बन्धित पालिका र वडाध्यक्षले सडक मर्मतमा चासो नलिँदा बंकुल बजार हिलाम्य भएको हो । नहरबाट सरमुजवा गाउँ तथा मौलापुर जाने बजारको मूल सडकमै सवारी साधन गुड्न नसक्ने भएको छ ।
सडकको हिलामा चिप्लेर मोटरसाइकल चालक तथा पैदल यात्रु दिनहुँ लडेर दुर्घटनामा पर्ने गरेको स्थानीयवासी उतिम यादवले गुनासो गरे । ‘बजारका लागि नाला निर्माण गर्न खनिएको खाल्डो त झन् ज्यानमारा बनेको छ’ उनले भने, ‘न नाला बन्छ, न सडक नै ।’ चाँडो हिलो र नालाको समस्या समाधान नभए बंकुल बजारबासी आन्दोलन गर्न बाध्य हुने यादवले चेतावनी दिए ।
नगरपालिकै मुख्य र पुरानो बजारका रुपमा ख्याति कमाएको बंकुल बजारलाई व्यवस्थापन गर्न जनप्रतिनिधि निर्वाचित भएको झन्डै चार वर्ष बितिसक्दा पनि सडक तथा नाला निर्माण गर्न जनप्रतिनिधिले चासो नदेखाएको स्थानीयवासीले आरोप लगाएका छन् ।
यसपालि नगरपालिकाबाट विनियोजित रु १६ लाखका लागतमा २६४ मिटर लम्बाइ भएको पक्की नाला निर्माण हुन लागेको स्थानीयवासी सिकेन्द्रप्रसाद यादवले बताए । ठेकेदारले कमसल सामग्री प्रयोग गरी निर्माण गरेको गुणस्तरहीन नाला साता नबित्दै भत्किएको अर्का स्थानीयवासी सुनील जयसवालले बताए । सडकमा आवतजावत गर्ने मोटरसाइकल, साइकल चालक र पैदलयात्री चिप्लेर दिनहँु लड्ने गरेको स्थानीयवासी भागेश्वर यादवले गुनासो गरे । उनका अनुसार यस अवधिमा धेरैको हातखुट्टा भाँचिएको छ ।
वर्षा लागेपछि र बजेट फ्रिज हुन एक महिना बाँकी रहँदा असार महिनामा बजेट पचाउन हतारहतारमा अहिले असारे योजना सञ्चालन भइरहेको स्थानीयवासीले आरोप लगाएका छन् । जिल्लाका १६ नगरपालिका र दुई गाउँपालिकाका सबै वडामा निर्माण भइरहेको नाला, सडक ढलानलगायत निर्माणका काममा गुणस्तरहीन सामग्री प्रयोग भइरहेको स्थानीयवासीले गुनासो गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
आरबीआईका गभर्नर शक्तिकान्त दास अस्पताल भर्ना
मंसिर ११, २०८१ मंगलबार
बक्यौता रकम नपाएसम्म लिग नखेल्ने 'बी' डिभिजन क्लबको चेतावनी
मंसिर ११, २०८१ मंगलबार
कन्ताराः च्याप्टर-१ को सुटिङ बस दुर्घटनाग्रस्त, २० जना घाइते
मंसिर ११, २०८१ मंगलबार
विदेश भ्रमणमा कडाई, व्यक्तिगत कामका लागि विशेष तथा कूटनीतिक राहदानी प्रयोग गर्न नपाइने
मंसिर ११, २०८१ मंगलबार
पाकिस्तानमा भएको साम्प्रदायिक झडपमा ८८ जनाको मृत्यु
मंसिर ११, २०८१ मंगलबार
बालकृष्णको ‘चपुर घुम्न जाउँ...’ गीत सार्वजनिक
मंसिर ११, २०८१ मंगलबार