तेजाब प्रहार गर्ने दोषीमाथि कारवाहीको लागि पहल गर्ने
नेपालबहस संवाददाता
असार २, २०७८ बिहिबार १:४०:८
२ असार, काठमाडौं । राष्ट्रिय महिला आयोगले तेजाब प्रहारबाट घाइते दीपिका विकमाथि तेजाब प्रहार गर्ने दोषीलाई कानूनी कारवाहीको दायरामा ल्याउन आवश्यक पहल गर्ने भएको छ । आयोगको टोलीले यही जेठ २९ गते तेजाब प्रहारबाट घाइते भएपछि कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचार गराइरहेकी विकसँगको भेटपछि आज विज्ञप्ति जारी गरी दोषीमाथि कारवाहीको लागि पहल गर्ने जनाएको हो ।
आयोगका सदस्य विद्याकुमारी सिन्हाको नेतृत्वको टोलीले घाइते विकलाई भेटी निजको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको थियो । आयोगले पीडित विकलाई लैङ्गिक हिंसा निवारण कोषबाट स्वास्थ्य उपचारको लागि आवश्यक सहायता रकम प्रदान गर्ने निर्णय निर्णय गरेको छ ।
सोही अवसरमा सदस्य सिन्हाले सहायता रकम बैंकमा जम्मा गर्नका लागि निजको नाममा बैंक खाता खोल्न आग्रह गर्दै अन्य आवश्यक सहयोगका लागि आयोगबाट आवश्यक सहजीकरण गर्ने कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । भेटका क्रममा पीडित विकले ज्यान मार्ने प्रयास गर्ने आरोपित श्रीमान् दीपकलाई उचित सजायको माग गरेको आयोगले जनाएको छ ।
रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ कि ३८ वर्षीय विकलाई उनकै श्रीमानले तेजाब प्रहार गरेको पीडित बिकले बताउँदै आएका छन् । जेठ २९ गते शनिबार श्रीमान् श्रीमतीबीच विवाद भएपछि श्रीमानले सुरुमा थप्पड हानेको र पछि तेजाब आक्रमण गरेको पीडित विकको भनाइ छ ।
आरोपित श्रीमानले चन्द्रपुर ४ मा सुनचाँदी पसल सञ्चालन गर्दै आएको र सोही पसलबाट तेजाब ल्याएको हुनसक्ने अनुमान गरिएको छ । सोही सन्दर्भमा केही समय अगाडि श्रीमान सन्तोष पन्तले ढोका बन्द गरी मट्टीतेल खन्याएर जलाएर सख्त घाइते बनाएकी डोटीकी लक्ष्मी भाटको स्वास्थ्य अवस्थाको बारेमा समेत टोलीले थप जानकारी लिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसार्वजनिक लेखा समितिका सभापति पोखरेलका स्वकीय सचिव पक्राउ
पुष २५, २०८१ बिहिबार
वीरगन्जमा गाँजासहित चार जना पक्राउ
पुष २४, २०८१ बुधबार
लागूऔषधसहित विभिन्न ठाउँबाट सात जना पक्राउ
पुष २४, २०८१ बुधबार
आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
पुष २५, २०८१ बिहिबार
गहुँबालीमा मल छर्दै किसान
पुष २५, २०८१ बिहिबार
मुसहरबस्तीमा आगो ताप्ने व्यवस्था
पुष २५, २०८१ बिहिबार
कफीको बेर्ना उत्पादन गर्न निर्माण गरिएको टनेल
पुष २५, २०८१ बिहिबार
भूकम्पमा भत्केका विद्यालय प्रदेश सरकारले पुनर्निर्माण
पुष २५, २०८१ बिहिबार
अमेरिकाको लस एन्जलस डढेलोमा परी पाँच जनाको मृत्यु, एक हजार भन्दा बढी घर जलेर नष्ट
पुष २५, २०८१ बिहिबार