देशका १३ जिल्लामा बाढी र पहिरो: ५ जनाको मृत्यु, १९ जना बेपत्ता
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
असार २, २०७८ बिहिबार २:३४:५३
![](https://nepalbahas.prixacdn.net/media/albums/duban-e1623855845122_b81sNSfWH4.jpg)
२ असार, काठमाडौं । अबिरल बर्षाका कारण देशका १३ जिल्लामा बाढी र पहिरोबाट ५ जनाको ज्यान गएको छ । मंगलबार रातिदेखि परेकोअविरल वर्षाले १९ जना बेपत्ता छन् ।
सिन्धुपाल्चोकमा दुई, पाल्पा, बाजुरा र डोटीमा एक एक जनाको मृत्यु भएको हो । विभिन्न जिल्लाबाट बुधबार साढे ६ बजेसम्म प्राप्त विवरण अनुसार हालसम्म ११ जना घाइते छन् भने ८९ घरमा पूर्ण र २६ मा आंशिक क्षति पुगेको गृह मन्त्रालयले जनाएको छ । सबैभन्दा बढी क्षति सिन्धुपाल्चोक र मनाङमा भएको छ ।
बाढी तथा पहिरो प्रभावित क्षेत्रमा विद्युत् सेवा पनि अवरुद्ध भएको छ । ठाउँठाउँमा पनि सडक पनि अवरुद्ध भएका छन् । मनसुनको सुरुवातमै ठूलो क्षति भएपछि गृह मन्त्रालयमा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको आकस्मिक बैठक बसेको छ ।
बुधबारै प्रधानमन्त्रीको अध्यक्षतामा हुने विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन परिषद्को बैठक पनि बसेको छ । गृह मन्त्रालयमा बसेको विपद व्यवस्थापन कार्यकारी समितिको बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना पारित गरेको छ।
साथै विपद् व्यवस्थापन स्वयंसेवक ब्यूरो गठन तथा परिचालन कार्यविधि, प्रारम्भिक द्रुत लेखाजोखा कार्यविधि, गैरसरकारी संस्था परिचालन सम्वन्धी कार्यविधि र आगलागी तथा डढेलोबाट क्षति भएका निजी आवास पुननिर्माण सम्वन्धी कार्यविधि बुधबार पारित भएको हो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार