हावाहुरीबाट जलजला पाटनमा सात बेपत्ता
नेपालबहस संवाददाता
असार २, २०७८ बिहिबार २:५४:४२
२ असार, जाजरकोट । जलजला पाटनमा गोठ लिएर गएका कुशे गाउँपालिका वडा नं ८ र ९ का सात जना बेपत्ता भएका छन् । मंगलबार बेलुकीदेखि जलजला पाटनमा आएको हावाहुरीबाट बेपत्ता भएका सात जना अहिलेसम्म सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ ।
वडा ८ का बेपत्ता हुनेहरुमा दिलबहादुर खड्का, विक्रम खडका, चन्द्रा खड्का, भविन्द्र खड्का, मीम खड्का, धनसरा खड्का र वडा नं ९ का कृष्ण रोकाय रहेको प्रहरी नायब उपरीक्षक मधु थापाले बताए ।
त्यस्तै सोही हावाहुरीबाट ज्यान बचाउन सफल चार जना सम्पर्कमा आएको प्रहरीले जानकारी दिएको छ । सम्पर्कमा आउनेहरुमा भक्तबहादुर रोकाय, इश्वर रोकाय, दुर्गा रोकाय र गङ्गा खड्का रहेका छन् ।
त्यस्तै जलजला पाटनमा २२ गाई, १० भैँसी र ५० बाख्रा मरेको प्रहरीले बताएको छ । आज बिहान मात्र घटनाको बारेमा जानकारी आएका कारण प्रहरी जलजला पाटनतर्फ लागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार
‘नेपालमा गणतन्त्र र लोकतन्त्रले सफलता पाएको छ’
मंसिर ११, २०८१ मंगलबार
पुस ११ देखि चितवन हात्ती तथा पर्यटन महोत्सव हुने
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह
मंसिर ११, २०८१ मंगलबार