खेवाङका प्रत्येक घरमा ५ वर्ष भित्रै खानेपानीको धारा पुग्ने
नेपालबहस संवाददाता
असार ३, २०७८ बिहिबार १८:२०:५२
३ असार,ताप्लेजुङ । ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–७ खेवाङका प्रत्येक घरमा ५ वर्ष भित्रै खानेपानीको धारा पु¥याइने भएको छ । यहाँका विभिन्न सात मुहान प्रयोग गरेर प्रत्येक घरमा खानेपानीको धारा पु¥याउने लक्ष्यसाथ फेदीखोला खानेपानी आयोजनाको काम थालिएको छ ।
डेढ महिना अघिबाट उक्त आयोजनाको निर्माण शुरु भएको हो । करिब १२ करोडमा आयोजना सम्पन्न हुने उपभोक्ता समितिका अध्यक्ष लक्ष्मण अधिकारीले जानकारी दिए । उनका अनुसार हाल सम्ममा तीन मुहानका लागि ट्याङ्की निर्माण सकिन लागेका छन् भने अन्य मुहान व्यवस्थापनको कार्य तत्काल अघि बढाइने छ ।
“बीचमा कुनै अवरोध नभए आगामी तीन वर्षमा काम सक्ने छौँ, यस आयोजनाबाट यहाँका प्रत्येक घर परिवार लाभान्वित हुनेछन्”, अध्यक्ष अधिकारीले भने । सङघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना इलामबाट उक्त आयोजना सञ्चालन भएको अधिकारीले बताए ।
खेवाङमा करिब साढे ४ सय घर परिवार छन् । पछिल्लो समय विभिन्न मुहानहरु सुक्दै गएकाले कतिपय क्षेत्रमा खानेपानीको समस्या सिर्जना हुँदै गएको स्थानीयले बताए । यस अघिका विभिन्न योजनाबाट खानेपानीको व्यवस्थापन भए पनि प्रयोग गरिएका मुहानहरु सुक्दै गएकाले समस्या हुन थालेको हो । आयोजनाको काम शुरु भएसँगै स्थानीयबासी हर्षित भएकाछन् । आयोजना सम्पन्न भए धारा, कुवाबाट पानी बोक्नु पर्ने जस्ता बाध्यता हट्ने स्थानीयको विश्वास छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात
मंसिर ६, २०८१ बिहिबार
पहिचान पक्षधरले कोशीमा घोषणा गरे आन्दोलन
मंसिर ३, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार