वाग्मतीले बजेटमा पत्रकारिता क्षेत्रको छुट कुरा सम्बोधन गर्ने
नेपालबहस संवाददाता
असार ३, २०७८ बिहिबार २०:३०:९
३ असार,वाग्मती । वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले बजेट भाषणमा पत्रकारिता क्षेत्रको विकासका बारेमा छुट भएका कुरा सम्बोधन हुने बताएका छन् । आर्थिक पत्रकार समाजले आयोजना गरेको आर्थिक पत्रकारितासम्बन्धी तालिममा आज उनले कोभिड नियन्त्रण र रोकथाम तथा महामारीका कारण थला परेको अर्थतन्त्र उठाउनका लागि सरकार लागकाले केही महत्वपूर्ण कुरा पनि छुटेको हुनसक्ने उल्लेख गरे ।
मन्त्री ढुङ्गेलले प्रदेश सरकार पत्रकारलाई तालिम, क्षमता वृद्धि तथा सञ्चारगृहको व्यवस्थापनका लागि सहयोग गर्न तयार रहेको धारणा राखे । सञ्चार क्षेत्र र सरकार एकआपसका परिपूरक भएको उल्लेख गर्दै उनले सरकार पत्रकारिता क्षेत्रको विकास र स्थायित्वका लागि प्रतिबद्ध रहेको बताए ।
“कोभिडको नियन्त्रण, उपचारको पर्याप्तता, अस्पतालको सशक्तीकरण, स्वास्थ्यकर्मीको व्यवस्थापन तथा कोभिडका कारण कारण ज्यान गुमाएका व्यक्तिका परिवारको व्यवस्थापन, अभिभावकविहीन बन्न पुगेका बालबालिकाको भरणपोषणका लागि सरकारले कार्यक्रम ल्याएको छ”, मन्त्री ढुङ्गेलले भने।
कार्यक्रममा अर्थ मन्त्रालयका सचिव शिशिर ढुङ्गानाले प्रदेश सरकारले भर्खरै ल्याएको बजेट केन्द्र सरकारको बजेटसँग तालमेल मिलेको र कार्यान्वयनमा सहज हुने खालको रहेको बताए । नेपाल पत्रकार महासंघ वाग्मती प्रदेशका अध्यक्ष शिव देवकोटाले वाग्मती प्रदेश सरकारले बजेटमा पत्रकारिता क्षेत्रलाई बेवास्ता गरेको आरोप लगाए ।
नेपाल सङ्घीयतामा गएर आर्थिक क्षेत्रका अधिकारसमेत प्रदेश र स्थानीय सरकारमा हस्तान्तरण भइसकेको अवस्थामा प्रदेशमा समेत आर्थिक क्षेत्रलाई बिटका रूपमा स्थापित गराउने उद्देश्यले भिडियो कन्फरेन्समार्फत तालिम आयोजना गरिएको आर्थिक पत्रकार समाजले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
बागमतीका मुख्यमन्त्री लामालाई माओवादीको ध्यानाकर्षणपत्र
कात्तिक २८, २०८१ बुधबार
बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय
कात्तिक २७, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
कोलेस्ट्रोल नियन्त्रणमा राख्न चाहनुहुन्छ ? खाली पेटमा अदुवाको जुस पिउनुहोस्
मंसिर ७, २०८१ शुक्रबार
उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार
अस्ट्रेलियाविरुद्ध भारतको कमब्याक, बुमराहले लिए चार विकेट
मंसिर ७, २०८१ शुक्रबार