जनकपुरधाममा १ सय श्ययाको कोभिड विशेष अस्पताल
नेपालबहस संवाददाता
असार ३, २०७८ बिहिबार २२:४४:२३
३ असार,जनकपुरधाम । प्रदेश २ सरकारले जनकपुरधाममा एकसय श्ययाको कोभिड विशेष अस्पताल सञ्चालनमा ल्याएको छ । मुजेलिया स्थित मणिपाल शिक्षण अस्पतालको प्रयोग विहीन भवनलाई मर्मत सम्भार गरी प्रदेश सरकारको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत सो अस्पताल सञ्चालन गरिएको हो ।
मुख्यमन्त्री लालबाबु राउत र सामाजिक विकास मन्त्री नवलकिशोर साहले संयुक्त रूपमा आज अस्पतालको शुभारम्भ गरे । सो अवसरमा मुख्यमन्त्री राउतले प्रतिष्ठानले कोरोना संक्रमितको उपचारका अतिरिक्त अन्य विशेषज्ञ सेवा छिट्टै शुरू गर्ने जानकारी दिए । उनले शिक्षण अस्पताल सञ्चालनका लागि सरकारबाट जग्गा भाडामा लिएका मणिपालले दशकौ बिति सक्दा पनि अस्पताल सञ्तालन गर्न नसकेकाले मणिपालको लिज खारेज गराई उक्त जग्गा प्रतिष्ठान अन्तर्गत ल्याउने पहल शुरू गरिएको बताए ।
सामाजिक विकास मन्त्री साहले प्रतिष्ठान प्रदेश सरकारको गौरवको योजना रहेको र स्वास्थ्य उपचारका क्षेत्रमा मुलुककै नमूना बन्ने विश्वास व्यक्त गरे । प्रतिष्ठानले यसै शैक्षिक सत्रदेखि विपिएच , बिएन , बिएमएलटी लगायतको अध्यापन शुरू गर्ने जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदृष्टिविहीनका विद्यालय सञ्चालन गर्न मधेश सरकारले सघाउने
पुष ९, २०८१ मंगलबार
जनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
संघीय संसदको राज्य व्यवस्था समिति सदस्यबाट पनि हटाइए रवि लामिछाने
पुष ९, २०८१ मंगलबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
असार १७ को सहमति भन्दै भित्रभित्रै संविधान संशोधनको गृहकार्य, बेखबर छ माओवादी
पुष १०, २०८१ बुधबार
‘क्रिसमस डे’मा सभामुख घिमिरेको शुभकामना
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
२० वर्ष पछि 'नो इन्ट्री' को सिक्वेल, पुराना कलाकार कोही नहुने
पुष १०, २०८१ बुधबार
म्यानमारको अराकान आर्मीले महत्त्वपूर्ण सीमा क्षेत्र कब्जा गर्दा बंगलादेशमा असर
पुष १०, २०८१ बुधबार