देशमा बाढी पहिरोबाट भएको ठुलो जनधनको क्षतीले डा. कोइराला स्तब्ध
नेपालबहस संवाददाता
असार ३, २०७८ शुक्रबार ५:१०:६
३ असार, काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला देशमा बाढी पहिरोबाट भएको ठुलो जनधनको क्षतीले स्तब्ध भएका छन् । केही दिनदेखि परेको अविरल बर्षाका कारण सिन्धुपाल्चोक, मनाङ, चितवन लगायत देशका विभिन्न क्षेत्रमा बाढी पहिरोबाट भएको ठुलो जनधनको क्षेतीले डा कोइराला स्तब्ध र असाध्यै मर्माहत भएका हुन् ।
सामाजिक सञ्जालमा एक विचार पोष्ट गर्दै डा. कोइरालााले बाढी र पहिरो पिडितका लागि तत्काल उद्धार र राहतको ब्यवस्था मिलाउन डा. शेखरको सरकारसँग माग समेत गरेका छन् । नेता डा. कोइरालाले जनतामा परेको प्राकृतिक बिपत्तिप्रति गहिरो दुःख ब्यक्त गर्दै बाढी पहिरोमा परेका नागरिकहरुको तत्काल उद्धार गर्न र आवश्यक राहत सामाग्रीको ब्यवस्थापन मिलाउन सरकारसँग जोडदार रुपमा माग गरेका छन् ।
बाढी, पहिरो र भूक्षयमा परी सयौं नागरिकहरु हराईरहेको तर्फ ईंगित गर्दै कांग्रेस नेता कोइरालाले सरकारी संयन्त्रको अधिकतम उपयोग गरेर बेपत्ता नागरिकको खोजी गर्ने कार्यलाई तिब्रता दिन र आहातमा रहेका नागरिकहरुलाई तत्काल राहतको ब्यवस्था मिलाउन समेत सरकार समक्ष जोडदार रुपमा समेत माग गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपट्रम्पले सत्ता सम्हाले लगतै अमेरिकामा टिकटक सेवा पुनः सञ्चालन
माघ ७, २०८१ सोमबार
अब महँगा फोनमा ह्वाट्सएप, फेसबुक र इन्स्टाग्राम नचल्ने
पुष ९, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
इजरायली महिला बन्धक अगम बर्जरलाई रेडक्रसको जिम्मा लगाइयो
माघ १७, २०८१ बिहिबार
सन् २०२४ मा दुबई विमानस्थलद्वारा नौ करोड २३ लाख यात्रुलाई सेवा प्रदान
माघ १७, २०८१ बिहिबार
सूचना प्रविधिमार्फत मुलुकको अर्थतन्त्र वृद्धि गरिने
माघ १७, २०८१ बिहिबार
मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु
माघ १७, २०८१ बिहिबार
त्रिदेशीय महिला टी-२० सिरिजको पहिलो खेलमा नेदरल्यान्ड्ससँग पराजित भयो नेपाल
माघ १७, २०८१ बिहिबार