कामपाको कार्यक्रममा सम्पदा संरक्षण कार्यलाई निरन्तरता
नेपालबहस संवाददाता
असार ४, २०७८ शुक्रबार १६:१०:२०
४ असार,काठमाडौं । विगतको वर्षमा जस्तै यस वर्ष पनि काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८र७९ को नीति तथा कार्यक्रममा सम्पदा संरक्षण गर्ने कार्यलाई निरन्तरता दिने भएको छ । कामपाले बिहीबार आगामी आव २०७८र७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । जसमा कामपा क्षेत्रभित्रका अमूर्त सम्पदाको संरक्षण र प्रवद्र्धनका लागि परम्परागत बाजा सिकाउने गुरु, सामुदायिक गुम्बाको सञ्चालनमा संलग्न प्रमुख लामालाई सम्मान गर्ने कार्यलाई निरन्तर दिइने उल्लेख छ ।
त्यसैगरी सांस्कृतिक पहिचानलाई जीवन्त राख्न महत्वपूर्ण योगदान गर्दै आइरहेका गुठी, बाजा खलः, भजन खलः, जात्रा, परम्परागत नाचसँग सम्बन्धित सङ्घसंस्थालाई आर्थिक सहयोग उपलब्ध गराइने भएको छ । हनुमानढोका दरबार क्षेत्रमा अवस्थित महादेव पार्वती मन्दिर तथा कुमारीघरको जीर्णोद्वार कार्य शुरु गरिनेछ । थापाथली पुलबाट शङखमुलसम्मको नदी किनारालाई हरियाली तथा खुला क्षेत्रका रूपमा विकास गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
भद्रकाली मन्दिर र महाँकाल मन्दिर परिसरको विकास, मर्मतसम्भार तथा जीर्णोद्वार कार्य यसै आवमा शुरु गर्ने, महानगरपालिकाले हालसम्म निर्माण, पुनःनिर्माण र जीर्णोद्धार गरेका मूर्त सम्पदाको अभिलेखीकरण र प्रकाशन गर्नेजस्ता कुरा पनि उल्लेख गरिएको छ ।
ठमेल र वसन्तपुर क्षेत्रलाई पैदलयात्रीमैत्री बनाइने
आन्तरिक पर्यटन प्रवद्र्धन गर्न ठमेल र वसन्तपुर क्षेत्रलाई पैदलयात्रीमैत्री बनाई पर्यटक आकर्षण क्षेत्रका रूपमा विकास गरिनेछ । कामपा क्षेत्रभित्रका ऐतिहासिक, धार्मिक, पुरातात्विक एवं पर्यटकीय सम्पदाको पहिचान र डिजिटल माध्यमबाट अभिलेखीकरण गरी यस्ता स्थलको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गरिने नीति तथा कार्यक्रममा भनिएको छ ।
“पशुपतिनाथलगायत दर्शनार्थीको धेरै चाप हुने धार्मिकस्थलका सरोकारवालाको सहयोगमा दर्शनका लागि पंक्ति व्यवस्थापन प्रणाली व्यवस्था गरिनेछ । आर्थिक समृद्धिमा पर्यटन भन्ने मूलमन्त्रलाई आत्मसात गरी पर्यटन प्रवद्र्धनको माध्यमबाट स्थानीय जनताको जीवनस्तर उकास्न पर्यटन पूर्वाधारको संरक्षण, संवद्र्धन र विस्तारमा जोड दिने नीति लिइनेछ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले नवौँ नगरसभाको पहिलो बैठकमा नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
बागमतीका मुख्यमन्त्री लामालाई माओवादीको ध्यानाकर्षणपत्र
कात्तिक २८, २०८१ बुधबार
बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय
कात्तिक २७, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
कोलेस्ट्रोल नियन्त्रणमा राख्न चाहनुहुन्छ ? खाली पेटमा अदुवाको जुस पिउनुहोस्
मंसिर ७, २०८१ शुक्रबार