महाकाली अस्पतालको भौतिक पूर्वाधार निर्माण हुँदै
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_q7JcPhruJc.jpeg
)
नेपालबहस संवाददाता
असार ४, २०७८ शुक्रबार १६:१८:११
![](https://nepalbahas.prixacdn.net/media/albums/mahakali-hospital_9pH6ZGdXRg.jpeg)
४ असार,कञ्चनपुर । महाकाली प्रादेशिक अस्पतालमा ठूलो लगानीमा पूर्वाधार निर्माणको प्रक्रिया अघि बढेको छ । सुदूरपश्चिम प्रदेश सरकारले अस्पताललाई प्रादेशिक बनाएपछि अस्पतालको गुरुयोजनाअनुसार पूर्वाधार निर्माण गर्न लागिएको हो । अस्पतालमा रु ३० करोड लगानीमा प्रसूति सेवा र बालरोग भवन (ब्लक) बनाउने प्रक्रिया अघि बढेको छ ।
शहरी विकास तथा भवन निर्माण विभागले भवन निर्माण हुने स्थानको माटो परीक्षण गरेको छ । विभागको प्राविधिक टोलीले निर्माणस्थल स्थलगत निरीक्षण गरी माटो परीक्षण गरेको छ । माटो परीक्षणका लागि विभागका इञ्जीनियरद्वय प्रवीण शाह र पुजन न्यौपाने बिहीबार अस्पताल पुगेका छन् । भवन निर्माणसम्बन्धी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी बोक्सर र निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा हरिकुमार श्रेष्ठसँग छलफल गरेका छन् । समितिका अध्यक्ष जोशीले अस्पतालको गुरुयोजनाअनुसार प्रसूति सेवा र बालरोग सेवाका लागि भवन बनाउन लागिएको बताए ।
“अस्पतालको गुरुयोजनाअनुसार सबै नयाँ संरचना बनाउने लक्ष्य छ । त्यसअनुसार यस वर्ष शहरी विकास तथा भवन निर्माण विभागले भवन बनाउन माटो परीक्षण गरेको छ”, उनले भने, “माटो परीक्षण गरिएको छ, यसपछि अन्य प्रक्रिया अघि बढेर कार्य शुरु हुन्छ ।” महाकाली अस्पताल व्यवस्थापन समितिका पूर्वअध्यक्ष अशोकप्रसाद पाण्डेयको पालामा गुरुयोजना बनाइएको थियो । भीमदत्त नगरपालिकाको सहयोगमा अध्यक्ष पाण्डेयले गुरुयोजना बनाएका थिए ।
गुरुयोजनाअनुुसार बन्ने प्रसूति र बालरोग सेवाको भवन चार तलाको हुनेछ । ती दुवैमा ५०÷५० शय्या व्यवस्थापन गरिने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जोशीले बताए । “अहिले पुरानो साँघुरो भवनमा प्रसूति सेवा दिने गरिएको छ, बालरोगका लागि भवन अभाव नै छ”, उनले भने, “अब नयाँ भवन बनेपछि त्यसमा दुवैका ५०÷५० शय्या व्यवस्थापन गर्ने लक्ष्य छ ।”
शहरी विकास तथा भवन निर्माण विभागका प्राविधिकले माटो परीक्षणको नतिजापछि भवन निर्माण प्रक्रिया ठेक्कामा गएर शुरु गरिने जानकारी दिएको अध्यक्ष जोशीले बताए । महाकाली अस्पतालका बासिन्दालाई स्वास्थ्य सेवा प्रवाहका लागि चार दशकअघि महाकाली अस्पताल स्थापना गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुदूरपश्चिमका संसदीय सभापतिका लागि आज निर्वाचन
फागुन ४, २०८१ आइतबार
सुदूरपश्चिम प्रदेश नीति आयोगमा दुई सदस्य नियुक्त
फागुन २, २०८१ शुक्रबार
विपन्न समुदायका लागि सुरक्षित आवास निर्माण
माघ २९, २०८१ मंगलबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
आलिया भट्टले तोडिन् अमेरिकन गायिका जेनिफर लोपेजको रेकर्ड
फागुन ४, २०८१ आइतबार
इजरायली हवाई आक्रमणमा गाजामा तीन प्रहरी अधिकारीको मृत्यु
फागुन ४, २०८१ आइतबार
परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा जयशंकरबीच भेटवार्ता
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
खोटाङको हलेसी बजारमा आगलागी, निभाउने प्रयास जारी
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
ठमेलमा बालिकालाई यौन व्यवसायमा लगाउने स्पा सञ्चालिका रमिला गौतम पक्राउ
फागुन ४, २०८१ आइतबार