हेलम्बु क्षेत्रमा नेपाल टेलिकमको सञ्चार सेवा विच्छेद
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
असार ४, २०७८ शुक्रबार १७:३७:११
![](https://nepalbahas.prixacdn.net/media/albums/7-1-e1623996423462_qNFqbEP9B1.jpg)
४ असार, काठमाडौं । लगातार बर्षापछि आएको बाढीले सिन्धुपाल्चोकको हेलम्बु क्षेत्रमा नेपाल टेलिकमको सञ्चार सेवा विच्छेद भएको छ । गत मंगलबार मेलम्ची नदीमा आएको बाढीका कारण बिद्युत अवरुद्ध हुँदा सो क्षेत्रमा सञ्चार सेवा विच्छेद भएको हो ।
अहिले टेलिकमका ४ वटा टावरले काम गर्न सकेको छैन् । जसको कारण मेलम्ची बजार माथिका विभिन्न स्थानहरुमा नेपाल टेलिकमका जिएसएम सीमकार्ड चल्न सकेको छैन ।
बाढीले विद्युतका पोलहरु बगाएपछि विद्युत सेवा पनि अवरुद्ध भएको छ । बिद्युत नभएका कारण र तत्काल जेनेरेटर लगेर टावर सञ्चालन गर्न बाटो नभएका कारण समस्या भएको दुरसञ्चार कार्यालयले जनाएको छ ।
मेलम्ची बजार माथिका क्षेत्रहरु बराम्ची, बाँसखर्क, सेल्ले, हेलम्बु क्षेत्रमा सेवा अवरुद्ध भएको हो । यता बाटो सहज भएका मेलम्ची, नवलपुर क्षेत्रमा बिहिबार दिउँसो १ बजेबाट नेपाल टेलिकमका ४ वटा टावर सञ्चालनका आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरूसले गुगललाई गरायो ठुलो परिणामको जरिवाना
फागुन ५, २०८१ सोमबार
स्टारलिङ्क विस्तारका लागि मस्कसँग वार्ता भइरहेको बङ्गलादेशको भनाइ
फागुन २, २०८१ शुक्रबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
प्रतिनिधिसभाको बैठक सुरु
फागुन ६, २०८१ मंगलबार
बूढानीलकण्ठबाट अनलाइन जुवा कारोबारमा सम्लग्न रहेको आरोपमा २४ भारतीय पक्राउ
फागुन ६, २०८१ मंगलबार
केआईआईटीले माग्यो माफी, नेपाली विद्यार्थीलाई कुटपिट गर्ने कर्मचारीमाथि कारबाही
फागुन ६, २०८१ मंगलबार
‘लाज शरणम्’ले फेरि नेपाली चलचित्रको बजार तताउने विश्वास
फागुन ६, २०८१ मंगलबार