सर्पको डसाइबाट एक बालिकाको मृत्यु
नेपालबहस संवाददाता
असार ४, २०७८ शुक्रबार १९:१९:२०
४ असार,दाङ । देउखुरीमा सर्पको डसाइबाट आज एक बालिकाको मृत्यु भएको छ । गढवा गाउँपालिका–७ विजयपुर निवासी १२ वर्षीया रेश्मा बोहोराको मृत्यु भएको लमही अस्पतालले जनाएको छ ।
सर्पको डसाइबाट अचेत बनेकी रेश्माको गढवा सर्पदंश उपचार केन्द्रमा प्राथमिक उपचारपछि थप उपचारका लागि लमही अस्पताल ल्याइए पनि उनलाई अस्पतालमा ल्याएको केही क्षणमै चिकित्सकले मृत घोषणा गरेका थिए । बिहान साढे ७ः०० बजे गोठमा पराल लिन गएको समयमा गोमन सर्पले डसेको उनकी आमा सरिता बोहराले बताइन् ।
यसैबीच ट्र्याक्टरको ठक्करबाट गएराति जिल्लामा एक पैदलयात्रुको मृत्यु भएको छ । तुलसीपुर–घोराही सडक खण्डको कपासेबगिया भन्ने ठाउँमा रा१त ३२६९ नंको ट्र्याक्टरले ठक्कर दिँदा पैदल हिँडिरहेका घोराही उपमहानगरपालिका–१६ का ४७ वर्षीय खलसिंह विकको घटनास्थमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए । ठक्कर दिने ट्र्याक्टर र चालकलाई नियन्त्रणमा लिइसकेको प्रहरी नायब उपरीक्षक रिजालले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार
मोटरसाइकल दुर्घटनामा परी मोरङमा दुई युवकको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
काठमाडौँ उपत्यकामा आज तीन जना मृत भेटिए
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
लागूऔषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ
मंसिर ७, २०८१ शुक्रबार
जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय
मंसिर ७, २०८१ शुक्रबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
एमालेको जागरण सभामा प्रधानमन्त्री, सत्ता समीकरणको बचाउमै खर्चिए समय
मंसिर ७, २०८१ शुक्रबार
सत्ता पक्षको जागरण सभाले सर्वसाधारणलाई सास्ती
मंसिर ७, २०८१ शुक्रबार