स्कटल्याण्डका नेपालीद्वारा नारायणी अस्पताललाई पाँच थान अक्सिजन कन्सन्ट्रेटर
नेपालबहस संवाददाता
असार ४, २०७८ शुक्रबार १९:४४:३५
४ असार, वीरगंज । कोभिड–१९ राहत सहयोग समिति स्कटल्याण्डले वीरगंज स्थित नारायणी उपक्षेत्रीय अस्पताललाई पाँच थान अक्सिजन कन्सन्ट्रेटर सहयोग प्रदान गरेको छ । गैरआवासीय नेपाली संघ मार्फत खरिद गरिएको २० थान अक्सिजन कन्सन्ट्रेटरमध्ये पाँच थान उक्त अस्पताललाई हस्तान्तरण गरिएको हो ।
जर्मनीमा निर्मित १० लिटर क्षमता भएको उक्त कन्सन्ट्रेटर पनारायणी उपक्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेण्निडेन्ट डा वीरेन्द्रबहादुर प्रधानलाई हस्तान्तरण गरिएको थियो। सो अवसरमा डा प्रधानले स्कटल्याण्डका नेपाली संघसंस्था तथा व्यक्तिहरुले गरेको सहयोगप्रति अस्पताल निकै आभारी भएको बताए । सहयोग प्राप्त कन्सन्ट्रेटरले कोरोना संक्रमितको उपचारमा निकै ठूलो मद्दत पुग्ने डा प्रधानले बताए ।
उक्त कार्यक्रममा कोभिड–१९ राहत सहयोग समिति स्कटल्याण्डका प्रतिनिधि प्रकाश अर्याल, नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दीपेन्द्र चौहान, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य के।सी लामिछाने, एम्बुलेन्स चालक संघका केन्द्रिय सदस्य राजु अर्याल लगायतले मन्तव्य दिएका थिए ।
कोभिड–१९ राहत सहयोग समितिमा गैरआवासीय नेपाली संघ स्कटल्याण्ड, नेपाल स्कटल्याण्ड एसोसिएसन, स्कट स्पोर्टस् क्लब, ग्लास्गो नेपाली एसोसिएसन, दियो क्लब युके , नेपाल स्कटिस सोसाइटी, हिमालयन आर्टस् एण्ड कल्चरल सेन्टर, फाइफ नेप्लिज कम्युनिटी , नेपाली साउथ साइड कम्युनिटी ग्लास्गो, फोर्थ भ्याली नेप्लिज एसोसिएसन, जिएस आर्टस् एण्ड कल्चर, हरियाली आमा समूह, अर्गनाइजेसन फर नेप्लिज कल्चर एण्ड वेलफेयर, नेप्लिज हिमालयन एसोसिएसन स्कटल्याण्ड, नेप्लिज युथ स्कटल्याण्डको संलग्नता रहेको छ ।अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि स्कटल्याण्डमा रहेका नेपालीहरूबाट व्यक्तिगतरूपमा सहयोग समेत प्राप्त भएको थियो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदृष्टिविहीनका विद्यालय सञ्चालन गर्न मधेश सरकारले सघाउने
पुष ९, २०८१ मंगलबार
जनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
संघीय संसदको राज्य व्यवस्था समिति सदस्यबाट पनि हटाइए रवि लामिछाने
पुष ९, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणमा छबिको बयान सकियो, अन्य प्रतिवादीहरूको जारी
पुष ९, २०८१ मंगलबार
असार १७ को सहमति भन्दै भित्रभित्रै संविधान संशोधनको गृहकार्य, बेखबर छ माओवादी
पुष १०, २०८१ बुधबार
‘क्रिसमस डे’मा सभामुख घिमिरेको शुभकामना
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
२० वर्ष पछि 'नो इन्ट्री' को सिक्वेल, पुराना कलाकार कोही नहुने
पुष १०, २०८१ बुधबार
म्यानमारको अराकान आर्मीले महत्त्वपूर्ण सीमा क्षेत्र कब्जा गर्दा बंगलादेशमा असर
पुष १०, २०८१ बुधबार