राष्ट्रिय यूवा संघ नेपालले लघु चलचित्र प्रतियोगीताको आयोजना गर्ने
नेपालबहस संवाददाता
असार ४, २०७८ शुक्रबार १९:५३:४४
४ असार, काठमाडाैं । राष्ट्रिय यूवा संघ नेपालले वृहत सहभागीताको अपेक्षा गर्दै ‘म केही गर्छु’ शिर्षकमा लघु चलचित्र प्रतियोगीताको आयोजना गर्ने भएको छ । लकडाउनका कारण घरमै बसिरहेका यूवाहरुको समयको सदुपयोग यो प्रतियोगीताले हुने आयोजकले विश्वास लिएको छ ।
यो प्रतियोगीतामा सहभागीता जनाउन चाहनेहरुले उद्यमशीलता र रोजगार, पर्यटन, कृषी तथा उद्योग, राजनीति र सुशासन, शिक्षा, स्वास्थ्य, खेलकुद, लैंगिक समानता र विविधता, कला संकृती र मनोरञ्जन लगायतका बिषयमा बढीमा ५ मिनेटसम्मको लघु चलचित्र बनाउनुपर्नेछ ।
अध्यक्ष किरण पौडेलले जारी गरेको विज्ञप्तीमा यूवाहरुको प्रतिभा पहिचान, प्रस्फुट र प्रवद्र्धन गर्ने उद्देश्यसहित यो प्रतियोगीता आयोजना हुन लागेको भन्दै नेपाली जोकोहीले पनि सहभागीता जनाउने सक्ने उल्लेख छ ।
असार २५ गतेसम्म ‘म केही गर्छु’ बिषयमा केन्द्रित रहेर स्क्रिप्ट वुझाउनुपर्नेछ । स्क्रिप्टलाई विज्ञ समुहले सुझाव दिनेछ । यसपछि बनेका चलचित्रमध्ये प्रथम हुनेलाई २ लाख ५० हजार, दोश्रो हुनेलाई १ लाख ५० हजार र तेश्रो हुने चलचित्रलाई १ लाख रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले बताएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
भारतमा सबैभन्दा बढी कर तिर्ने पाँच सेलेब्रेटी, साउथ हिरो पनि परे
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार
एनपिएलका आयोजकप्रति दर्शकहरू रुष्ट
मंसिर १५, २०८१ शनिबार
निगमले बढायो पेट्रोल र हवाई इन्धनको मूल्य
मंसिर १५, २०८१ शनिबार
जनमत पार्टी अध्यक्ष सिके राउत चीन प्रस्थान
मंसिर १५, २०८१ शनिबार