आज काठमाडौंबाट विज्ञको टोली सिन्धुपाल्चोकको मेलम्ची जाँदै

नेपालबहस संवाददाता
असार ५, २०७८ शनिबार १५:२४:४

५ असार, काठमाडौं । आज विज्ञको टोली सिन्धुपाल्चोकको मेलम्ची जाने भएको छ । शुक्रबार दिनभर मौसम सफ भएर पानी नपर्दा पनि खोलामा बाढी आएपछि अनुसन्धानका लागि आज विज्ञको टोली मेलम्ची जान लागेको हो ।
मेलम्चीमा विज्ञ टोली पठाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अहिले छलफलमा भइरहेको छ । विज्ञको टोलीले त्यहा गएर खोलाको शिर भाग अर्थात मुहानतिर पुगेर टोलीले अध्ययन गर्ने छ ।
मेलम्चीमा पानी पर्न रोकिए पनि हिजो फेरि बाढी आएको थियो । खोलाभन्दा माथिल्लो भागमा पहिरो गएर खोला थुनिने हुन्छ । यसरी खोला थुनिँदा पछि बाँध भत्किएर बाढी आएको हुन सक्ने आशङ्का गरिएको छ । तर, यसबारे कुनै पुष्टि हुन सकेको छैन ।
आज काठमाण्डौबाट जाने विज्ञको टोलीले बाढी आउनुका कारणबारे अध्ययन गरेपछि मात्रै यसको कारण थाहा हुने छ । मेलम्ची खोलामा अहिले पानीको सतह कम भए पनि घटबढ भइरहेकाले त्रास थपेको छ ।
यता मेलम्चीमा बाढी प्रभावितलाई अस्थायी बास र राहतको व्यवस्था मिले पनि हेलम्बुमा राहत पुर्याउन कठिनाइ भएको छ । बाढीले सडकसँगको सम्पर्कविच्छेद गरिदिएपछि हेलम्बुमा हेलिकप्टरबाट हिजो र अस्ति केही राहत सामग्री खसालिएको थियो । तर, यो पर्याप्त नभएको बताइएको छ । यो भिडियो हेर्नुस ।
हेलम्बुका बाढी पहिरो पीडित कसरी बसिरहेका छन् भन्नेबारे नै पत्ता लगाउन गाह्रो भएको छ । हेलम्बु जस्तै पाँचपोखरीको याङ्ग्री र लार्के क्षेत्रमा पनि राहत पुर्याउन समस्या भएको छ । पाँचपोखरीको याङ्ग्री, टासिवा, सुनचौर रमैखर्कका ६८ परिवार बाढी पहिरोले विस्थापित भएका छन् । सडक सञ्जाल पनि विच्छेद भएपछि राहत पुर्याउनै मुस्किल भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनवलपरासी पश्चिममा झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी जलाइयो, सीडीओको रोहबरमा छलफल
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
देशका केही भागमा वर्षा र हिमपातको सम्भावना
फागुन १४, २०८१ बुधबार
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फाइनल आज : उपाधिका लागि नेपाल र म्यानमार भिड्दै
फागुन १४, २०८१ बुधबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन १४, २०८१ बुधबार
आज सेना दिवस, टुँडिखेलमा विशेष समारोह आयोजना हुँदै
फागुन १४, २०८१ बुधबार
पवित्र पाशुपत क्षेत्र नेपालमा रहनु समस्त हिन्दूका लागि गौरवको विषय होः राष्ट्रपति
फागुन १४, २०८१ बुधबार
आज महाशिवरात्री, भगवान शिवको पूजा गरी मनाइँदै
फागुन १४, २०८१ बुधबार