बैतडीले १ लाख ५० हजार बिरुवा निःशुल्क वितरण गर्ने

नेपालबहस संवाददाता
असार ५, २०७८ शनिबार १५:५६:२२

५ असार, बैतडी । डिभिजन वन कार्यालय बैतडीले यस वर्ष १ लाख ५० हजार बिरुवा निःशुल्क वितरण गर्दैछ । जिल्लाका विभिन्न पाँच स्थानमा नर्सरी स्थापना गरी उत्पादन गरिएका जडीबुटी, फलफूलका बिरुवा वितरण गर्न लागिएको हो ।
जडीबुटी, फलफूलका गरी १० प्रजातिका बिरुवा उत्पादन गरिएको डिभिजन वन कार्यालय बैतडीका प्रमुख केशव पराजुलीले जानकारी दिनुभयो । डिभिजन वन कार्यालय र सव डिभिजन कार्यालयहरु गरी पाँच स्थानका नर्सरीमा बिरुवा उत्पादन गरिएका हन् ।
डिभिजन वन कार्यालय, सवडिभिजन कार्यालयहरु पाटन, गाँजरी, हाट र गोकुलेश्वर नर्सरी स्थापना गरेर बिरुवा उत्पादन गरिएका हुन् । उत्पादन गरिएका बिरुवामा दाँते ओखर २० हजार, तेजपत्ता,लप्सी, बाँस,अमला,रिठ्ठालगायतका रहेका जनाइएको छ ।
गोकुलेश्वरमा रहेको सव डिभिजन कार्यालयबाट किसानलाई निःशुल्क वितरण भइरहेको र अन्य ठाउँका नर्सरीबाट केही दिनबाट वितरण हुने पराजुलीले बताए ।
किसानको आयआर्जनमा वृद्धिका साथै पर्यावरणीय फाइदाका लागि वन कार्यालयले हरेक वर्ष निःशुल्क रुपमा बिरुवा उत्पादन गरेर वितरण गर्ने गरेको पराजुलीको भनाइ छ । गत वर्ष पनि डिभिजन वन कार्यालयले ७० हजार विरुवा उत्पादन गरेर वितरण गरेको थियो ।
यसैबीच सुख्खा फलफूल विकास केन्द्र सतबाँज बैतडीले ५६ हजारको हाराहारीमा हिउँदे फलफुलका बिरुवा बिक्री वितरण गरेको छ । ५७ हजार बिरुवा उत्पादन गरेकोमा ५६ हजार बिक्री वितरण गरिएको सुख्खा फलफूल विकास केन्द्रका प्रमुख डम्बर भाटले जानकारी दिए।
यसै बीच ५६ हजारको हाराहारीमा हिउँदे फलफूलका बिरुवा बेचेर २७ लाख राजश्व सङ्कलन गरिएको छ । गत आर्थिक वर्षमा भने केन्द्रले २३ लाख १७ हजार मात्र राजश्व उठाएको थियो । केन्द्रले अहिले १८ हेक्टर क्षेत्रफलमा बिरुवाहरु उत्पादन गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्यटन राजधानी पोखरामा त्रिदेशीय पर्यटन प्रदर्शनी
फागुन १२, २०८१ सोमबार
‘ब्लु हिल’मा तीन करोडको पर्यटकीय पूर्वाधार
फागुन ७, २०८१ बुधबार
बन्दीपुरमा तीन महिनामा १० हजारभन्दा बढी विदेशी पर्यटक
फागुन २, २०८१ शुक्रबार
नेपाली अराजनीति अनि बजार हल्ला
फागुन १४, २०८१ बुधबार
भारतको केआईआईटी कलेजबाट फर्किएका विद्यार्थीलाई त्रिविले भर्ना लिने
फागुन १३, २०८१ मंगलबार
अमेरिकामा ५० लाख डलर तिरेर नागरिकता पाउने अफर : यो एउटा बाटो हो, गन्तव्य होइन !
फागुन १४, २०८१ बुधबार
आन्दोलनको कार्ययोजना बनाउन एकीकृत समाजवादीले बनायो कार्यदल
फागुन १४, २०८१ बुधबार
नेपालविरुद्ध म्यानमारले लियो २–० गोलको अग्रता
फागुन १४, २०८१ बुधबार
भारतीय केरा आयातले नेपालमा उत्पादित केराको बजार प्रभावित
फागुन १४, २०८१ बुधबार
भद्रपुर झापा गोल्डकप : झापा–११ फाइनलमा प्रवेश
फागुन १४, २०८१ बुधबार
राजदूत नेपालद्वारा स्पेनका राजासमक्ष ओहदाको प्रमाणपत्र पेस
फागुन १४, २०८१ बुधबार
पाल्पामा जन्मिएका मगर बेलायत ननिटनको मेयरमा मनोनीत
फागुन १४, २०८१ बुधबार