बाढीपीडित भन्छन्, एउटा बास बस्ने टहरो थियो त्यो पनि पुर्यो: अहिले बिचल्ली छ [ फोटोफिचर ]

नेपालबहस संवाददाता
असार ५, २०७८ शनिबार २१:१६:३१

५ असार, काठमाडौं । असार १ गते आएको बाढीले हेलम्बु र मेलम्चीमा क्षतविक्षत बनाएको छ । मेलम्ची बजारमा बाढी पसेर आएको लेदोले घरहरूमा क्षति पुगेको छ । कतिपय घरहरू बगाएका छन् ।
सरकारी तथ्याङ्क अनुसार उक्त बाढीमा २० जना बढी बेपत्ता भएका छन् । त्यस्तै अर्बौको भौतिक क्षति भएको छ । गत असार १ गतेदेखि मेलम्ची खोलामा निरन्तर बाढी आइरहेको छ । सो बाढीले दर्जनौ ब्यक्ति बेपत्ता पारेको छ भने भौतिक संरचना तथा खेतीयोग्य जमिन तहसनहस पारेको छ ।
मानो रोपेर मुरि फलाउने बेला दुख गरिखाने किसानको खेत सबै बगाएको छ । मेलम्ची बाढीपीडित भन्छन्, अब के खाने थाहा छैन । राहत कतै छ, कतै छैन । एउटा बास बस्ने टहरो थियो , त्यो पनि पुर्यो । अहिले बिचल्ली छ ।
यसैबीच पानी पर्न रोकिदा नि गएराती मेलम्ची खोलामा आएको बाढीले सिन्धुपाल्चोकको हेलम्बु इलाका प्रहरी कार्यालयको तीन तले भवन ढलाएको छ । बाढीको उच्च जोखिम भएकोले प्रहरीले सो भवन छोडिसकेको थियो ।
यस्तै ग्याल्थुममा रहेको इष्ट पोइन्ट माध्यमिक बिद्यालयको भवन रहेको जमिन कटान हुँदा ढल्ने अवस्थामा पुगेको छ । हेलम्बु क्षेत्रका तालामाराङ्, ग्याल्थुम, शेरा, चनौटे, किउल, तिम्बु, अम्बाथान लगायतका स्थानमा नदी छेउ रहेका बस्तीहरु बगरमा परिणत भएका छन् ।
मंगलबार राति मेलम्ची र यांग्री खोलामा गएको विनासबारी बाढीका कारण मेलम्ची बजार अस्तव्यस्त बन्यो । खोला छेउका करिब ३ दर्जन घरमा पूर्ण क्षति भयो भने करिब एक सय घर प्रभावित भएका छन् ।
पक्की घरका तीन तलामाथिसम्म नदीले बगाएर ल्याएको लेदो भरिएको छ । बाढीले २ वटा पक्की पुल बगाएको छ भने ३ वटा झोलुंगे पुल बगाएको छ ।
शनिबार दिउँसो मेलम्चीका तस्विर र भिडियाे : नेपालबहस डटकम संवाददाता :-लक्ष्मण विष्ट /मेलम्ची
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनवलपरासी पश्चिममा झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी जलाइयो, सीडीओको रोहबरमा छलफल
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फाइनल आज : उपाधिका लागि नेपाल र म्यानमार भिड्दै
फागुन १४, २०८१ बुधबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन १४, २०८१ बुधबार
आज सेना दिवस, टुँडिखेलमा विशेष समारोह आयोजना हुँदै
फागुन १४, २०८१ बुधबार
पवित्र पाशुपत क्षेत्र नेपालमा रहनु समस्त हिन्दूका लागि गौरवको विषय होः राष्ट्रपति
फागुन १४, २०८१ बुधबार
आज महाशिवरात्री, भगवान शिवको पूजा गरी मनाइँदै
फागुन १४, २०८१ बुधबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
फागुन १४, २०८१ बुधबार