विश्व हिन्दु परिषद नेपालद्धारा पर्साको मठमन्दिरमा राहत वितरण
नेपालबहस संवाददाता
असार ५, २०७८ आइतबार १:२८:४०
४ असार, पर्सा । कोरोना संक्रमणलाई नियन्त्रण गर्न सरकारले लागु गरेको लकडाउनबाट प्रभावित पर्साका विभिन्न मठमन्दिरका पुराजीहरुलाई विश्व हिन्दु परिषद नेपालले राहत वितरण गरेको छ । कोरोना संक्रमणलाई नियन्त्रण गर्न सरकारले बैशाख १६ गतेदेखि देशभरी नै लकडाउन लगाएको थियो ।
लकडाउनका कारण पर्सा जिल्लाका विभिन्न मठमन्दिरहरु निरन्तर बन्द रहेका छन । मठमन्दिर बन्द हुदाँ त्यहाँ रहेका पुजारीलाई दैनिकी चलाउँन समस्या हुदै आएको थियो । सरकारले राहत उपलब्ध नगराएपछि विभिन्न सहयोगि दाताले उपलब्ध गराएको राहतले जेनतेन जिविकोपार्जन गर्दै आएका छन ।
शुक्रबार परिषद नेपालले उपलब्ध गराएको राहतले पुजारीहरुमा थप मद्दत पुगेको छ । विहिपले मठमन्दिरका पुजारीहरुलाई राहत स्वरुप चामल, दाल, नुन, खानेतेल, आलु, प्याज लगायतको आवश्यक खाद्यन्न समाग्री उपलब्ध गराएको परिषदका महासचिव जितेन्द्र कुमार सिंहले बताए ।
विहिपले पर्सा जिल्लामा मात्र नभई देशभरीकै स साना मठमन्दिर जुन ठाउँमा राहतको आवश्यकता छ त्यो ठाउँमा पुगेर आवश्यक खाद्यन्न समाग्री तथा स्वास्थ्य समाग्री उपलब्ध गराउँदै आएको उनले बताए । उहाँहरुमा देखिएको अभावलाई थुरै भएपनि राहत उपलब्ध गराएर मल्हम लगाउँने काम मात्र गरेको उनले बताए ।
विश्व हिन्दु परिषदले आफनो समाजलाई संगठित बनाउँदै विपद् परेको अवस्थामा राहत तथा उद्दार कार्यमा अहोरात्र खट्ने गरेका छन । परिषदले असहायलाई भोजन व्यवस्था, मेडिकल शिविर, जाडोयाममा न्यानो कपडा वितरण, निशुल्क योग प्रशिक्षण, आयुर्वेद औषधालय संचालन, युवा लक्षितक स्वरोजकारमुलक प्रशिक्षण संचालन लगायतको आफनो सेवा संचालन गर्दे आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदृष्टिविहीनका विद्यालय सञ्चालन गर्न मधेश सरकारले सघाउने
पुष ९, २०८१ मंगलबार
जनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
संघीय संसदको राज्य व्यवस्था समिति सदस्यबाट पनि हटाइए रवि लामिछाने
पुष ९, २०८१ मंगलबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
असार १७ को सहमति भन्दै भित्रभित्रै संविधान संशोधनको गृहकार्य, बेखबर छ माओवादी
पुष १०, २०८१ बुधबार
‘क्रिसमस डे’मा सभामुख घिमिरेको शुभकामना
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
२० वर्ष पछि 'नो इन्ट्री' को सिक्वेल, पुराना कलाकार कोही नहुने
पुष १०, २०८१ बुधबार
म्यानमारको अराकान आर्मीले महत्त्वपूर्ण सीमा क्षेत्र कब्जा गर्दा बंगलादेशमा असर
पुष १०, २०८१ बुधबार