माइक्रोसफ्ट कार्पोरेसनका अध्यक्षमा सत्य नाडेला नियुक्त
नेपालबहस संवाददाता
असार ५, २०७८ आइतबार ५:३७:४१
५ असार, वासिङ्टन । विश्वचर्चित माइक्रोसफ्ट कार्पोरेसनका अध्यक्षमा सत्य नाडेला नियुक्त भएका छन् । माइक्रोसफ्टका अध्यक्ष यसअघि जोन थमसन रहनु भएको थियो भने नाडेल माइक्रोसफ्टको प्रमुख कार्यकारी अधिकृत ‘सिइओ’ रहेका थिए ।
भारतीय मूलका नाडेला सो चर्चित कम्पनीका अध्यक्षमा निर्विरोध निर्वाचित भएको कम्पनीले जनाएको छ । माइक्रोसफ्टका संस्थापक विल गेट्सले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी गत सन् २००० मा त्यागेका थिए भने सन् २०१४ देखि लगातार नाडेला नै प्रमुख कार्यकारी अधिकृत भएका थिए ।
उहाँ अध्यक्षमा निर्वाचित भए पनि प्रमुख कार्यकारी अधिकृतको जिम्मेबारी समेत निर्वाह गरिरहनु हुने कम्पनीले जनाएको छ । माइक्रोसफ्ट कर्पोरेसनमा झण्डै दई दशकपछि एउटै व्यक्तिले अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाएका हुन् ।
त्यसैगरी कर्पोरेसनका अध्यक्षको जिम्मेवारीबाट संस्थापक विल गेट्स सन् २०१४ मा बाहिरिनुभएको थियो । संस्थापक गेट्स बाहिरिएपछि थमसनले अध्यक्षको जिम्मेवारी लिएका थिए ।
अहिले उनी पनि बाहिरिएपछि माइक्रोसफ्ट कर्पोरेसनको नेतृत्व तेस्रो व्यक्तिमा पुगेको छ । कर्पोरेसनको दोहोरो जिम्मेवारी लिएपछि उहाँले सामाजिक सञ्जाल ट्वीटरको आफ्नो एकाउन्टमा पनि ‘चियरमेन एण्ड सिइओ अफ माइक्रोसफ्ट कार्पोरेसन’ लेखेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमस्कको स्टारलिंकले डायरेक्ट–टू–सेल स्याटेलाइट टेक्नोलोजी लन्च गर्ने
मंसिर १२, २०८१ बुधबार
गुगलले आफ्ना कर्मचारीलाई किन भन्यो सबै प्रमाण नष्ट गर्नु ?
मंसिर ६, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
बागमती नदीमा छाडियो मेलम्चीको पानी
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
शुक्रबार मात्रै किन गरिन्छ लक्ष्मीको पूजा ?
मंसिर १४, २०८१ शुक्रबार
बिक्री हुन छाडे मुला
मंसिर १४, २०८१ शुक्रबार
सुस्मा कोइराला अस्पताललाई जलन उपचार केन्द्रमा विकास गरिने
मंसिर १४, २०८१ शुक्रबार
नेपाल भ्रमण वर्ष २०२५ सफल बनाउने गरी काम गर्न दूतावासलाई परराष्ट्रमन्त्रीको निर्देशन
मंसिर १४, २०८१ शुक्रबार