राहत सामग्री पुर्याउने होड : दुर्गम हेलम्बुमा भन्दा सुगम मेलम्चीमा केन्द्रित !
नेपालबहस संवाददाता
असार ६, २०७८ आइतबार १५:२५:४२
६ असार, काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको बाढीले हेलम्बु गाउँपालिकामा सबैभन्दा धेरै प्रभावित भएको छ । अविरल बर्षासँगै मंगलबार साझँ आएको उक्त बाढीले गरेको क्षतिका हिसाबले सबैभन्दा बढी प्रभाव परेको ठाउँ हेलम्बु गाउँपालिका हो । तर राहत वितरण गर्नेको नजर त्यहाँसम्म पुग्न सकेको छैन । बाढीले हेलम्बु गाउँपालिकामा २३ जना हराएका छन् ।
भेमाथाङ चौरमा गएको पहिरोसँगै मेलम्ची नदीमा मंगलबार आएको बाढीमा परि चार जना महिलासहित २३ जना हराएका गाउँपालिकाले विज्ञप्ति निकालेर जानकारी दिएको छ । बाढीमा बेपत्ता हुनेहरुमा १५ जना स्थानीय बासिन्दा र आठ जना मेलम्ची खानेपानी आयोजनामा काम गर्नेहरु रहेका छन् ।
मेलम्ची खानेपानी आयोजनामा काम गर्ने तीन जना चिनियाँ, तीन जना भारतीय र दुई जना नेपालीलाई बाढीले बगाएको हो । बाढीबाट मेलम्ची बजारमा भएको क्षतिसँगै हेलम्बुमा पनि ठूलो जनधनको क्षति भएको त्यहाबाट पत्रकार लक्ष्मण बिष्टले बताए । जसका कारण सञ्चार सम्पर्क हुन नसक्दा हेलम्बुको विवरण ढिला गरी आएको हो । तेसाे त सञ्चार र यातायात सम्पर्क विच्छेद हुँदा हेलम्बुमा धेरैको नजर पर्न नसकेको पत्रकार बिष्टले बताए ।
यता सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले नेपालबहस डटकमलाई दिएको जानकारी अनुसार अहिले मेलम्चीका लागि भनेर आएको राहतलाई पनि हेलिकप्टरमार्फत हेलम्बु पठाइरहेको छ ।
गाउँ कार्यपालिकाको कार्यालयले शनिबार साँझसम्मको प्रारम्भिक जनधनको क्षतिको विवरण सार्वजनिक गरेको छ। बाढीले हेलम्बु गाउँपालिका वडा नम्बर १ मा रहेको च्युरीखर्क, तिम्बु, हल्दे, आम्बाथानका २८ घर टहरा बगाएको छ । वडा नम्बर २ को पुरानो चनौटे बजार–मुक्तिटार–गणेश बजार–किउलसम्म पूर्ण र आंशिक रुपमा घर टहरामा भएको क्षतिले एक सय १२ परिवार विस्थापित भएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाको वडा नम्बर ७ मा पर्ने चनौटेको मुख्य बजारका झण्डै २५ पसल बाढीले बगाएको छ । चनौटेको धेरैजसो घरमा क्षति पुगेको छ । किउलमा रहेको इलाका प्रहरी कार्यालयको भवन पनि बगाएको छ । वडा नम्बर ३ को भण्डारी सिममा रहेका तीन घर पनि बाढीले बगाएको छ ।
बाढीले ६ वटा झोलुङ्गे पुल र तीन वटा मोटरेबल पुल बगाएको गाउँपालिकाले जनाएको छ । तिम्बुमा रहेको मेलम्ची खोलाको पुल, दङतोम्बामा रहेको मोटरेबल पुल, चेक्पु र मेलम्चीध्याङ जोड्ने नवनिर्मित पुल बाढीले बगाएको छ । यस्तै काठमाण्डौ–मेलम्ची हुँदै हेलम्बु जाने सडकको डुङ्ग्रे बजार खण्डमा झण्डै तीन सय मिटर, चनौटेदेखि गणेशसम्मको झण्डै सात सय मिटर, भूमेश्वरी तितेखानी खण्डको झण्डै पाँच मिटर र किउल–तिम्बु–अम्बाथाङ ५ किलोमिटर सडक क्षतिग्रस्त भएको छ ।
चनौटे चुरेटारको रातो पुल उच्च जोखिममा परेको छ । बाढीले ८ वटा ट्राउट माछा फर्ममा पूर्ण क्षति भएको हेलम्बु गाउँपालिकाले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
यसैबीच, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले शुक्रबार साँझ हेलम्बुमा १३५ बोरा चामल, सोलारबत्तीसहितका राहत सामग्री वितरण गरेको छ । तर अन्य धेरैजसोको राहत सामग्री पुर्याउने होड दुर्गम हेलम्बुमा भन्दा सुगम मेलम्चीमा केन्द्रित छ । बाढीले प्रहरी कार्यालयको भवन समेत पूर्णरुपमा क्षतिग्रस्त भएकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार