माई सेकेण्ड टिचर ‘मेरो डिजिटल नेपाल, मेरो परिकल्पना’ प्रतियोगिता शुरू, उत्कृष्ट ७ लाई २५ हजारदेखि १ लाखसम्मको पुरस्कार
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_U6mF8d7adH.jpeg
)
नेपालबहस संवाददाता
असार ६, २०७८ सोमबार ०:२३:३३
![](https://nepalbahas.prixacdn.net/media/albums/My-Digital-Nepal_UuoHkcKzNX.jpg)
६ असार, काठमाडौं । कोरोना महामारीका कारण अहिले अधिकांश विद्यार्थीहरू घरबाटै अध्ययन गरिरहेका छन् । डिजिटल प्रविधिको विस्तारले वैकल्पिक सिकाइको क्रम पनि बढ्दो छ । यसैबीच कक्षा १२ वा १९ वर्षसम्मका विद्यार्थीहरूको लागि लक्षित ‘मेरो डिजिटल नेपाल, मेरो परिकल्पना’ प्रतियोगिता शुरू भएको छ । माई सेकेण्ड टिचरको मुख्य सहकार्यमा लिभिङ विथ आईसीटीले आयोजना गरेको यस कार्यक्रममा असार ३० गतेसम्म विद्यार्थीहरूले सहभागिता जनाउन सक्नेछन् ।
विद्यार्थीले भविष्यको समृद्ध डिजिटल नेपालको परिकल्पना गर्दै निबन्ध, कविता, लेख वा एनिमेशनमध्ये कुनै एक तयार पारेर प्रतियोगितामा सहभागी हुन सक्नेछन् । असार ३० गतेसम्म प्राप्त विद्यार्थीका रचना (क्रिएशन)लाई छनौट गरी उत्कृष्ट ७ लाई २५ हजारदेखि १ लाख रुपैयाँसम्म पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
२०७८ भदौ दोस्रो हप्ता विजेता घोषणा गरिने कार्यक्रममा एक हजारभन्दा बढी विद्यार्थीहरूले सहभागिता जनाउने आयोजकको अपेक्षा छ । सहभागी हुन इच्छुक विद्यार्थीले माई डिजिटल नेपाल डट ओआरजी (www.mydigitalnepal.org) वेबसाइटमा गएर आफ्नो क्रिएशन बुझाउन सक्नेछन ।
यस प्रतियोगितामा नेपाल सरकारले सन् २०१९ मा जारी गरेको डिजिटल नेपाल फ्रेमवर्कमा आधारित रहेर डिजिटलाइजेसनमा भइरहेको सरकारी वा निजी प्रयासहरूलाई आत्मसात् गर्दै विद्यार्थीले भविष्यको कल्पना गर्नेछन् । कार्यक्रममा नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, क्यान महासंघ, नेपाल उद्योग वाणिज्य महासंघ (आईसीटी विकास समिति), प्याब्सन लगायतका संस्थाहरूको सहयोग रहेको छ ।
‘भविष्य नेपालको’ नारा सहित शिक्षा सिकाइलाई रूपान्तरण गर्ने प्रयासमा रहेको माई सेकेण्ड टिचरले कार्यक्रमको मुख्य प्रायोजन गरेको छ ।माई सेकेण्ड टिचर क्याम्ब्रिज विश्वविद्यालयको आधारमा इनोभेट टेक नेपालले विकास गरेको लर्निङ प्लाटफर्म हो, जुन अहिले १८ भन्दा बढी देशहरूमा प्रयोग भइरहेको छ ।
मेरो डिजिटल नेपाल थिममा आइसिटी राइटिङ एण्ड डिजिटल क्रिएटिभिटी कम्पिटिशन नाम दिइएको यस कार्यक्रममा विभिन्न संस्थाका प्रतिनिधि र विज्ञसहित ७ जनाको छनौट समिति रहेको छ । विभिन्न चरणमा हुने छनौट प्रक्रियालाई विधा अनुसार उत्कृष्टलाई पनि पुरस्कार प्रदान गरिनेछ ।
यस कार्यक्रमले विद्यार्थीहरूलाई डिजिटल नेपालको अभियानको बारेमा जानकारी हुनुका साथै प्रविधिको क्षेत्रमा अध्ययन गर्ने बानी बसाल्ने आयोजक समितिका अध्यक्ष राजन लम्सालले बताए । यस प्रतियोगिताबाट आएका नयाँ पुस्ताको सोच र भावनालाई कदर गर्दै भोलिको समृद्ध डिजिटल नेपाल बनाउन सरकार र सरोकारवालालाई पनि ध्यानाकर्षण गराउने आयोजकको विश्वास रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविश्वको सबैभन्दा शक्तिशाली अन्तरिक्ष स्टारशिपको चौथो परीक्षण सफल
जेठ २६, २०८१ शनिबार
पर्वतका विद्यार्थी ड्रोन बनाएर आकाशमा उडाउन सफल
जेठ १७, २०८१ बिहिबार
जापानका अनुसन्धानकर्ताद्वारा विश्वको पहिलो काठको उपग्रह निर्माण
जेठ १६, २०८१ बुधबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
५१ प्रहरी कर्मचारीहरुलाई ट्राफिक प्रशासन तालिम प्रदान
असार २, २०८१ आइतबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
भोजपुरको जरायोटार–सिक्रेटार सडक स्तरोन्नति गरिँदै
असार ३, २०८१ सोमबार
लोमान्थाङमा च्याङग्राको भुवा प्रशोधन केन्द्र स्थापना
असार ३, २०८१ सोमबार
बजार व्यवस्थित नहुँदा सडकमै आँप किनबेच
असार ३, २०८१ सोमबार
भक्तराज आचार्यको बायोपिक फिल्म ‘आचार्य’को गीत सार्वजनिक
असार ३, २०८१ सोमबार
आन्दोलनरत ट्यांकर चालक र सरकारी पक्षबीचको वार्ता सकारात्मक, इन्धन आपूर्ति सहज
असार ३, २०८१ सोमबार