मेलम्चीका बाढीपीडितलाई विश्व हिन्दू परिषद नेपालको सहयोग
नेपालबहस संवाददाता
असार ६, २०७८ सोमबार १:५१:१३
६ असार, काठमाडौं । समग्र देश कोरोना महामारी प्रकोपसँग जुधिरहेकै अवस्थामा मेलम्चीबासी प्राकृतिक प्रकोपका कारण थप संकटमा परेका छन् । पानीका कारण सधैं चर्चामा आइरहने मेलम्ची यसपाली पानीकै कारण अकल्पनीय त्रासदीमा परेको छ ।
मेलम्ची नदीमा गत असार १ गते मंगलबार राति आएको बाढी बस्तीमा पस्दा दर्जनौं परिवार बेघरवार भएका छन् । बाढीले ठुलो जनधनको क्षती भएको छ । यस प्राकृति आपतका कारण समस्यामा परेका मेलम्चीबासीको सहायताका लागि विश्व हिन्दू परिषद नेपाल, एकल अभियान नेपाल एवं लायन्स क्लव अफ काठमाडौं, समर्पणले संयुक्तरूपमा राहत एवं उद्यार कार्य शुरु गरेको छ ।
विश्व हिन्दू परिषद नेपाल, एकल अभियान नेपाल एवं लायन्स क्लव अफ काठमाडौं समर्पणका संयुक्त राहत टोलीले शनिबार मेलम्चीका बाढीपीडितलाई सहयोग एवं राहत स्वरुप निम्न सामग्रीहरु उपलब्ध गराएको छ । थाल,गिलास र कचौरा १००÷१०० पीस, फ्राईपिन ५ पिस, कम्बल १०० पिस,प्रेसर कुकर २५ पिस, त्रिपाल १२२ पिस,ग्याँस चुल्हो ४८ पिस,छुलहा पाइप ४८ पिस,डिनर प्लेट ७२ पिस, थरमस ४८ पिस, कराई ८ पिस,रासन प्याकेट २०० पिस, रासन सामाग्रीहरु प्रति प्याकेट, चामल १० किलो, दाल २ किलो,तेल १ लिटर,चना २ किलो, सोयाबिन २०० ग्राम, चिउरा २ केजी,नुन १ पाकेट,बेसार १ पाकेट,मिक्स मसला १ प्याकेट,खुर्सानी १ प्याकेट,चाउचाउ १० प्याकेट,मच्छर धुप लगायतका समाग्री वितरण गरेको छ ।
आगामी चरणहरुमा थप सहयोग सामग्री उपलब्ध गराउन प्रयास गरिने विश्व हिन्दू परिषद नेपालका राष्ट्रिय संगठन सचिव प्रल्हाद कुमारले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपत्यकाको न्यूनतम तापक्रम ९.५ डिग्री, अधिकतम २३ डिग्रीसम्म पुग्ने
मंसिर ८, २०८१ शनिबार
पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना
मंसिर ७, २०८१ शुक्रबार
अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दू बनाएर भूकम्प
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना
मंसिर १०, २०८१ सोमबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १०, २०८१ सोमबार
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन
मंसिर १०, २०८१ सोमबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार