झापामा दुई संक्रमितको मृत्यु
नेपालबहस संवाददाता
असार ७, २०७८ सोमबार २०:११:४०
७ असार, दमक । कोरोना संक्रमणबाट झापा गाउँपालिका र शिवसताक्षी नगरपालिकाका गरी दुईको मृत्यु भएको छ ।
मृत्यु हुनेमा झापा–४ की ४१ वर्षीया महिला रहेकी छन् । उनलाई अचानक श्वासप्रश्वासको समस्या भएपछि गत जेठ २७ गते बिर्तामोडस्थित बिर्तासिटी हस्पिटल भर्ना गरिएको थियो । त्यहाँ कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । हस्पिटलको सघन उपचार कक्षमा उपचार गराइरहँदा स्वास्थ्यमा सुधार नआएपछि आफन्तले आइतबार बिरामीलाई घर ल्याएका हुन् ।
घरमा फेरि श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि दमकको लाईफलाईन हस्पिटल लैजाने क्रममा राति १०ः०० बजे मृत्यु भएको परिवारले जनाएको छ । सो गाउँपालिकामा दोस्रो लहरमा कोरोनाका कारण मृत्यु हुनेको सँख्या आठ पुगेको छ ।
शिवसताक्षी वडा नं १० का कोरोनाबाट नै ६१ वर्षीय टङ्क विमलीकोे पनि आइतबारै उपचारका क्रममा विर्तासटी अस्पतालमा मृत्यु भएको हो । मृतक दोमुखामा दुई दशकदेखि होटल व्यवसाय गर्दै आएको थियो ।
शिवसताक्षीमा कोरोनाको दोस्रो लहरयता हालसम्म आठ सङ्क्रमितको मृत्यु भइसकेको छ । त्यसैगरी हाल नगरका ३५८ संक्रमितमध्ये २२१ निको भइसकेका छन् भने १८८ सक्रिय संक्रमित उपचाररत रहेका नगर स्वास्थ्य शाखाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
कोशीका पूर्वमन्त्री अधिकारी थप ५ दिन हिरासतमा राख्न अदालतले दियो अनुमति
मंसिर ४, २०८१ मंगलबार
विद्युत् वितरण सुदृढीकरण परियोजनाको विकासका लागि जर्मनीले १ अर्ब ४६ करोड अनुदान दिने
मंसिर ४, २०८१ मंगलबार
धनकुटाको महालक्ष्मीमा रुखले किच्दा एक जनाको मृत्यु
मंसिर ४, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीसँग अस्ट्रेलियाकी राजदूत जोनटनको भेटवार्ता
मंसिर ४, २०८१ मंगलबार
ऊर्जामन्त्री खड्का र विश्व खाद्य संगठनका प्रतिनिधिबीच भेटवार्ता
मंसिर ४, २०८१ मंगलबार
विदेशीले नेपाल आएर १७ अर्ब ७२ करोड खर्च गर्दा नेपालीले विदेशमा सके ५५ अर्ब ७८ करोड
मंसिर ४, २०८१ मंगलबार