डेल्टा भेरियन्टको नयाँ रुप नौ वटा नमूनामा फेला
नेपालबहस संवाददाता
असार ७, २०७८ सोमबार २०:१६:८
७ असार, काठमाडौं । नेपालमा कोभिड–१९ संक्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला परेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भारतको नयाँ दिल्लीमा अनुवांशिक ‘जिन सिक्यन्सिङ’ गर्दा डेल्टा भेरियन्टको नयाँ रुप नौ वटा नमूनामा फेला परेको जनाएको छ ।
मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले नमूना परीक्षणमा अणुवांशिक पहिचान गर्दा ४७ डेल्टा भेरियन्ट पुष्टि भएकामध्ये नौ वटामा थप उत्परिवर्तन रुप k417N mutation देखिएको बताए । यसलाई AY.1 नाम दिइएको छ ।
उनका अनुसार यो नेपालसहित विभिन्न १० देशमा देखिएको छ । मन्त्रालयले गत वैशाख २६ देखि जेठ २० गतेसम्म देशका विभिन्न स्थानका विभिन्न उमेर समूहका व्यक्तिबाट पिसीआर नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले छनोट गरी परीक्षणका लागि भारत पठाएको थियो ।
नेपालमा अहिलेसम्म अल्फा (B.1.1.7) र डेल्टा (B.1.617.2) तथा कप्पा (B.1.617.1) भेरियन्ट पुष्टि भएको छ । डेल्टाको उत्परिवर्तन भेरियन्ट बढी सङ्क्रामक तथा सबै उमेर समूहका व्यक्तिमा असर गर्ने मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले जानकारी दिए । उनले यसअघि पनि नेपालमा देखिएको यो डेल्टा भेरियन्टको नयाँ रुप मात्र रहेको बताए ।
“यो नयाँ देखिएको भेटियन्ट होइन”, उनले भने, “यसअघि पनि देखिएको छ, तर यो अन्यभन्दा बढी सङ्क्रामक रहेको छ ।” मन्त्रालयले डेल्टा भेरियन्टको नयाँ रुपको संक्रमणण रोक्नका लागि सबै सचेत र जिम्मेवार बनी जनस्वास्थ्यका मापदण्ड पालना गर्नका लागि अपिल गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार
डगमगाउँदो जनताको भरोसाः सरकार अर्थतन्त्र सक्रिय बनाउन चुकेकै हो ?
मंसिर ४, २०८१ मंगलबार
बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
मंसिर ४, २०८१ मंगलबार
भारतसँग व्यापार सहजीकरण गर्न राजदूत शर्मालाई चेम्बरको आग्रह
मंसिर ४, २०८१ मंगलबार
डडेल्धुरामा जीप दुर्घटना : दुईको मृत्यु, सात घाइते
मंसिर ४, २०८१ मंगलबार
कर प्रणाली सुधार गरी अगाडि बढ्नुपर्नेमा परिसंघको जोड
मंसिर ४, २०८१ मंगलबार