स्व. विन्दु पाण्डे स्मृति पुरस्कार एनी कुँवरलाई
नेपालबहस संवाददाता
असार ७, २०७८ सोमबार २१:२६:१५
७ असार, वीरगन्ज । पर्सेली पत्रकार महिलाहरु मध्ये एक जनालाई छनौट गरी स्व.विन्दु पाण्डे स्मृति प्रतिष्ठानले हरेक बर्ष प्रदान गर्दै आएको पुरस्कार यो बर्ष अनिता ( एनी ) कुँवरलाई प्रदान गर्ने निर्णय भएको छ । डेड दशकभन्दा लामो समयदेखि पर्साको रेडियो वीरगन्जमा कार्यरत पत्रकार महिला एनी कुँवरलाई यो बर्षको पुरस्कार प्रदान गर्ने निर्णय भएको हो ।
प्रतिष्ठानका अध्यक्ष तुलसी भण्डारीको अध्यक्षतामा असार ४ गते बसेको बैठकले पुरस्कार वितरणका लागि पत्रकार सरोज खड्काको संयोजकत्वमा ५ सदस्य छनौट समिति बनाएको थियो । सो समितिले दिएको निर्णय अनुसार यो बर्षको पुरस्कार कुँवरलाई प्रदान गर्ने प्रतिष्ठानले जनाएको छ ।
नेपाल पत्रकार महासंघ पर्साको संस्थापक महिला सदस्य स्व. पाण्डेको स्मृतिमा ६ बर्ष अगाडी स्थापना भएको प्रतिष्ठानले प्रत्येक बर्ष असार ५ गते उनको पुण्य तिथीमा नै पुरस्कार वितरण गर्दै आएको थियो । यो बर्ष भने कोरोना महामारीको कारण सभा, गोष्ठी र सेमिनारहरु नगर्ने स्थानीय प्रशासनको निशेधाज्ञाले पुरस्कार वितरण मिति केही दिन धकेलिएको छ ।
निशेधाज्ञा हटेपछि आधिकारिक कार्यक्रम गरी पुरस्कार प्रदान गर्ने प्रतिष्ठानका अध्यक्ष भण्डारीले बताए । पुरस्कारका लागि विभिन्न मापदण्ड तयारी पारी पर्साका २८ पत्रकार महिलाहरु मध्येबाट छनौट गरिएको छनौट समितिका संयोजक खड्काले बताए । प्रतिष्ठानले आफूहरुलाई दिएको जिम्मेवारी अनुसार छनौट प्रकृया टुँग्याइएको पर्साका अग्रज पत्रकार समेत रहेका खड्काको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदृष्टिविहीनका विद्यालय सञ्चालन गर्न मधेश सरकारले सघाउने
पुष ९, २०८१ मंगलबार
जनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
सहकारी ठगी प्रकरणमा छबिको बयान सकियो, अन्य प्रतिवादीहरूको जारी
पुष ९, २०८१ मंगलबार
चन्द्रागिरिका मेयर गिरीसँग जापानी कार्यवाहक राजदूत ताकाहिरोको भेटवार्ता
पुष १०, २०८१ बुधबार
व्यवसायिक पशुपालनबाट वार्षिक १२ लाख आम्दानी
पुष १०, २०८१ बुधबार
कजाकिस्तानमा जहाज दुर्घटना, २५ जनाको जीवितै उद्धार
पुष १०, २०८१ बुधबार
मंसिर महिनामा ८४ हजार बढीले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिए
पुष १०, २०८१ बुधबार
उपत्यकामा १२ महिना नै शुद्ध खानेपानी उपलब्ध गराउने तयारीमा मन्त्रालय
पुष १०, २०८१ बुधबार
असार १७ को सहमति भन्दै भित्रभित्रै संविधान संशोधनको गृहकार्य, बेखबर छ माओवादी
पुष १०, २०८१ बुधबार