देशका विभिन्न स्थानमा आएको बाढीपहिरोबाट २० जनाको मृत्यु, ८ सयको उद्धार !

नेपालबहस संवाददाता
असार ७, २०७८ मंगलबार ०:५७:५

७ असार, काठमाडौं । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि सोमबार दिउँसोसम्म २० जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा १३ जना पुरुष, ४ जना महिला, २ जना बालक र १ जना बालिका रहेका छन् । तीमध्ये सिन्धुपाल्चोकमा ५ जना, डोटीमा ३ जना, सप्तरी, काभ्रे, गोरखा, कास्की, अर्घाखाँची, पाल्पा, प्युठान, जुम्ला, कालिकोट, बझाङ, पाँचथर र बाजुरामा १र१ जना रहेका छन् ।
बाढी तथा पहिरोमा परी ८ सय ६ जनाको उद्दार गरिएको छ । तीमध्ये मनाङमा ६ सय ५६ जना, सिन्धुपाल्चोकमा १ सय २३ जना, सल्यान र लमजुङमा ८र८ जना, दाङ र गोरखामा ४र४ जना र कञ्चनपुरमा ३ जना रहेका छन् । उद्दार पश्चात उपचारका लागि विभिन्न अस्पतालमा लगिएको छ ।
बाढीपहिरो र डुबानमा परी २० जना घाइते भएका छन् । तीमध्ये १३ जना पुरुष, ४ जना महिला, १ जना बालक र २ जना बालिका रहेका छन् । उनीहरुमध्ये सिन्धुपाल्चोकमा ५ जना, म्याग्दी र डोटीमा ३र३ जना, जुम्ला र कास्कीमा २ र २ जना, स्याङजा, चितवन, सल्यान, पाँचथर र दार्चुलामा १र१ जना रहेका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ ।
बाढी पहिरोमा परी २१ जना बेपत्ता भएका छन् । तीमध्ये १४ जना पुरुष, ५ जना महिला र २ जना बालक रहेका छन् । उनीहरुमध्ये सिन्धुपाल्चोकमा २० जना र बाजुरामा १ जना रहेका छन् । वेपत्ताको खोजी कार्य जारी छ । पहिरो तथा बाढीको कारण बन्द भएका विभिन्न स्थानका सडक प्रहरीले सुचारु गराएको छ । साथै वर्षाको कारण जुम्ला, कास्की, बैतडी लगायतका स्थानहरुमा सोमबार पहिरो गई अवरोध भएको सडक हटाउने कार्य जारी छ ।
बाढीको कारण २ सय १० वटा घर डुबानमा परेका छन् । २ सय ६ वटा घर, १२ वटा गोठ, १८ वटा पुल, ३ वटा विद्यालय र ८ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ७ सय ४८ वटा घरका ३ हजार २ सय ५८ जना मानिस विस्थापित भएका छन् भने ६ सय ३० वटा पशु चौपायको मृत्यु भएको छ ।
उक्त घटनाबाट प्रभावित स्थानहरुमा भएको क्षति न्यूनीकरण र उद्दारमा सम्बन्धित प्रहरी कार्यालयबाट प्रहरी कर्मचारीहरु उद्धारमा सक्रिय रुपमा संलग्न रहेका छन् । साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने, अवरोध सडक हटाउने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा प्रहरीले गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
नवलपरासी पश्चिममा झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी जलाइयो, सीडीओको रोहबरमा छलफल
फागुन १३, २०८१ मंगलबार
डिआइजी भट्टराई एआइजीमा बढुवाका लागि सिफारिस
फागुन ११, २०८१ आइतबार
नवलपरासी पश्चिममा झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी जलाइयो, सीडीओको रोहबरमा छलफल
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन १४, २०८१ बुधबार
आज सेना दिवस, टुँडिखेलमा विशेष समारोह आयोजना हुँदै
फागुन १४, २०८१ बुधबार
पवित्र पाशुपत क्षेत्र नेपालमा रहनु समस्त हिन्दूका लागि गौरवको विषय होः राष्ट्रपति
फागुन १४, २०८१ बुधबार
आज महाशिवरात्री, भगवान शिवको पूजा गरी मनाइँदै
फागुन १४, २०८१ बुधबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
फागुन १४, २०८१ बुधबार
भारतको केआईआईटी कलेजबाट फर्किएका विद्यार्थीलाई त्रिविले भर्ना लिने
फागुन १३, २०८१ मंगलबार