नेपाल प्रहरीका डीआईजीहरुको सरुवा, प्रदेश १ मा बिसी र २ मा रञ्जितकार, सीआईवीमा सिंह
नेपालबहस संवाददाता
असार ७, २०७८ मंगलबार ०:५४:४०
७ असार, काठमाडौं । लामो समयको प्रतिक्षापछि नेपाल प्रहरीले १६ जना डीआईजीको सरुवा निकालेको छ । सरुवाको एक वर्ष अवधि पुगेका डीआईजीहरुलाई सरुवा गरिएको हो । प्रदेश प्रहरी कार्यालय र प्रहरी प्रधान कार्यालयमा रहेका डीआईजीहरुको सरुवा भएको हो ।
गृहमन्त्रीमा खगराज अधिकारी आएपछि आजै डीआईजी र एसएसपीको सरुवा निकालिएको छ । प्रहरीका डीआईजीहरुका लागि आकर्षक र महत्वपूर्ण मानिने प्रदेश–१ प्रहरी कार्यालयमा डीआईजी अरुणकुमार बिसीले बाजी मारेका छन् । उनी यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत थिए ।
त्यस्तै अर्को आकर्षक मानिएको प्रदेश–२ मा उमेश रञ्जितकारको सरुवा भएको छ । अर्को आकर्षक मानिने केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईवी) मा धीरजप्रताप सिंहले बाजी मारेका छन् । उनी प्रदेश २ मा कार्यरत थिए । सीआईवीमा उत्तमराज सुवेदीको पनि चर्चा थियो तर उनको महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा सरुवा भएको छ ।
त्यसैगरी बागमती प्रदेशमा प्रकाशजंग कार्की, गण्डकी प्रदेशमा दिवेश लोहनी, लुम्बिनी प्रदेशमा मुकुन्दराज आचार्य, कर्णालीमा गणेशबहादुर ऐर र सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयमा पुरुषोत्तम कँडेलको सरुवा भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा वसन्तकुमार पन्तलाई पठाइएको छ । उनी कर्णाली प्रदेश प्रहरी कार्यलयमा कार्यरत थिए । डीआईजी घनश्याम अर्याललाई विशेष ब्यूरोमा सरुवा गरिएको छ ।
सीआईवीमा राम्रो काम गरेर चर्चामा आएका सहकुल बहादुर थापाको भने प्रधान कार्यालयमा सरुवा भएको छ । डीआईजी मध्य उनी वरिष्ठ पनि हुन । उनको प्रदेश १ मा सरुवा हुने चर्चा चलेको थियो । यसैगरी महत्वपूर्ण मानिएको प्रबन्ध शाखामा प्रकाश अधिकारीको सरुवा भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार