स्वास्थ्यमन्त्रीको रोहबरमा करेन्ट लागि मृत्यु भएका युवकको परिवारसँग सहमति
नेपालबहस संवाददाता
असार ७, २०७८ मंगलबार १:३४:२७
७ असार, काठमाडौं । नेपाल विद्युत प्राधिकरणको चरम लापरबाहीका कारण मेलम्चीमा एक युवकको मृत्यु भए पछि त्यसको लागि सडक मा सव राखेर विरोध पर्दशन गरिरहेका मृतकका आफन्तसँग सहमति भएको छ ।
विजुलीको खम्बा र तार सडक छेउ लत्रिएर करेण्ट प्रवाह हुँदा मेलम्चीका २७ वर्षिय युवा धर्मराज दुलालको मृत्यु भएको थियो । मेलम्चीमा युवाहरुले मृतकको शब सडकमा तेर्साएर विरोध गरेका थिए ।
स्वास्थ्यमन्त्रीकै रोहबरमा सहमती
विद्युत प्राधिकरणको चरम लापरबाहीका कारण मेलम्चीमा एक युवकको मृत्यु भएका धर्मराज दुलाल स्वास्थ्यमन्त्री शेर वहादुर तामाङको रोहबरमा भर्खरै मात्र मृतकका परिवारसँग विभिन्न बुँदा मा सहमती गरिएको र साब बुझ्न आफन्त राजी भएको बताइएको छ ।
नगर प्रमुख डम्बर अर्याल, मृतकका आफन्त, प्राधिकरण, स्थानीय प्रशासनबिच भएको सहमतिमा परिवारको दुई जनालाई रोजगारी एकजना नगरपालिका र अर्को विद्युत प्राधिकरणमा रोजगारी दिने रमृतकका दुई सन्तानलाई स्नातकसम्म निशुल्क पठनपाठनको ब्यवस्था गरिदिने सहमति भएको हो ।
युवाको मृ्त्यु भएपछि मेलम्चीमा युवाहरुले मृतकको लाश सडकमा तेर्साएर विरोध गरिरहेका थिए । मेलम्ची खोलामा आएको बाढीले घरजग्गा कटान गरेपछि बाँध लगाउन एक्साभेटर लिन गएका दुलाललाई सोमबार बिहान ११ बजे करेन्ट लागेको थियो ।
मेलम्ची नगरपालिका वडा नम्बर १० स्थित बगरमा हिँडिराखेका दुलालको हातमा करेन्ट लागेको स्थानीय बासिन्दाले बताएका थिए । मेलम्चीले कटान गरेर विद्युतको पोल ढालेको र उनको हातमा ११ हजार भोल्टको करेन्ट लागेको थियो। स्थानीयले शबलाई उठाउन नदिए पछि उनीहरुसँग लिखित सहमति गरिएको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाढीपहिरो पीडितलाई न फूल न बत्तीको झिलिमिली
कात्तिक १७, २०८१ शनिबार
काभ्रेमा मानवीयबाहेक अझै आएन अरु क्षतिको विवरण
कात्तिक १३, २०८१ मंगलबार
तीन महिनामा विपद्जन्य घटनाबाट ३ अर्ब ४४ करोड मूल्य बराबरको क्षति, १९१ जनाको मृत्यु
कात्तिक १०, २०८१ शनिबार
स्याङ्जाकै उत्कृष्ट कृषि सहकारी
नेपालबहस संवाददाता
कात्तिक २१, २०८१ बुधबार
दीपक मनाङेलाई चाँडै पक्राउ गर्ने प्रहरीको तयारी
नेपालबहस संवाददाता
कात्तिक २२, २०८१ बिहिबार
राम्रो काम नगरेपछि अढाई वर्षका लागि कालोसूचीमा पर्यो उर्जा राज्यमन्त्री कान्छारामको कन्सट्रक्सन
कात्तिक २३, २०८१ शुक्रबार
गण्डकीको फैसलालाई लिएर कांग्रेस सांसद ढुंगानाले समिति मै न्यायाधीश मल्लमाथि पोखे आक्रोश
कात्तिक २३, २०८१ शुक्रबार
कोशीका मन्त्रीले मानव तस्करी गरे कि फन्दामा परे, प्रहरी भन्छः अनुसन्धान हुँदैछ, को हुन अनिता ?
कात्तिक २३, २०८१ शुक्रबार
सहकारी ठगीमा संलग्नलाई जोगाउनु हुँदैन : संयोजक शाही
कात्तिक २३, २०८१ शुक्रबार
पाँचथरमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते
कात्तिक २३, २०८१ शुक्रबार
उदयपुरमा माओवादीले उम्मेदवारको नाम टुङ्गो लगायो
कात्तिक २३, २०८१ शुक्रबार
पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विषयमा झडप हुँदा ६ जना घाइते
कात्तिक २३, २०८१ शुक्रबार
धनगढीका सुरेशकुमार पोर्चुगलमा बेपत्ता, खोजी गरिदिन आग्रह
कात्तिक २३, २०८१ शुक्रबार
उपनिर्वाचनको लागि सशस्त्र र नेपाल प्रहरीमा केन्द्रीय निर्वाचन सुरक्षा समिति गठन
कात्तिक २३, २०८१ शुक्रबार