धनुषाका एसपी रानाभाटमाथि छानविन शुरु, लागुऔषध मुद्धा कमजोर बनाएको आरोप
नेपालबहस संवाददाता
असार ८, २०७८ मंगलबार १९:१०:४६
८ असार, काठमाडौं । प्रहरी प्रधान कार्यालयले धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) प्रकाश रानाभाटमाथि लागूऔषधको मुद्दालाई कमजोर बनाउन खोजेको आरोपमा छानविन शुरु गरेको छ ।
महानिरीक्षकको सचिवालयमा लागुऔषधका मुद्धा कमजोर बनाएको र सीमा सुरक्षा चौकीहरुलाई खुकुलो बनाएको आरोप लागेपछि छानविन शुरु भएकाे हो । धनुषामा गत फागुनमा तीन जना व्यक्ति लागुऔषधको कारोवारमा पक्राउ परेका र ती व्यक्तिहरुको मुद्धालाई कमजोर बनाएर छाडेको आरोप उनीमाथि लागेकाे छ ।
प्रहरी प्रधान कार्यालयमा परेको उजुरी अनुसार गत फागुनमा धनुषा प्रहरीले तीन सय ८० थान नाइट्रोजन औषधिजन्य लागुऔषध बरामद गरी तीन जना युवाहरुलाई पक्राउ गरेको थियो । धनुषाको बटेश्वर गाउँपालिकाबाट लागूऔषधसहित तीन जना २१ वर्षीय केशव सिंह, २० वर्षीय रोशन ठाकुर र सहिल सिंह पक्राउ परेका थिए ।
उनीहरु चढेको ज ७ प १५७४ नम्बरको मोटकसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको थियो । सो मुद्दामा आर्थिक लाभ लिएर मिसिल परिवर्तन गरी मुद्दा कमजोर बनाएको आरोप एसपी रानाभाटमाथि आरोप लागेको छ । प्रहरी प्रधान कार्यालयका एसएसपी कृष्ण महतले छानविन गरिरहेका छन् । तर रानाभाटको छानविनबारे प्रहरी प्रधान कार्यालयमा कोही पनि बोल्न चाहदैनन् ।
धनुषा जिल्ला आफैमा विवादित जिल्ला भएकाले त्यहाँ नेपाल–भारत क्षेत्रबाट निर्वाधरुपमा तस्करी समेत हुने गरेका छन् । नेपालबाट भारत तर्फ रक्सी, मटर, मरिच, सेव लगायतका सामग्रीहरु ठुलो परिमाणमा तस्करी गराइन्छ भने भारत तर्फबाट खानेतेल, चिनी, मलखाद्य, रजनीगंधा, दुधको पाउडरको पोका लगायतका किराना सामग्री नेपालतर्फ ल्याउने गरिन्छ ।
विशेषगरी ग्रामीण क्षेत्रहरुमा तस्करले ओसारपोसार गर्ने सरसामान छ्याप्छ्याप्ती बिक्री भइरहेका छन् । लकडाउनमा जिल्लाको पूर्वी क्षेत्र दुहवी, इनरुवा, महिनाथपुर, खजुरी, महुवा, मुखियापट्टी मुसहरनीया लगायतका सीमानाकाहरुबाट अत्याधिक मात्रामा तस्करी हुने गरेको स्रोतको दावी छ । यसमा पनि नेपाल प्रहरीको टोली मौन रहेको एसपी रानाभाटमाथि परेको उजुरीमा उल्लेख छ । धनुषामा कपडा, हार्डवेयरका सामान, मटर, मरिच, मोबाइलका पाटपुर्जा र किरानाका सामानहरु तस्करी भैरहेका छन् ।
तस्करीमा नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैले सहयोग गरिरहको स्रोतको दावी छ । कुरा नमिल्दा मात्रै तस्करीमा सामानहरु बरामद हुने गरेको स्थानीयहरुले आरोप समेत लगाएका छन् । सीमामा सशस्त्र प्रहरीले छाड्ने र सीमा कटाएपछि नेपाल प्रहरीले संरक्षण गर्ने गरेको स्रोतले जनाएको छ ।
जनकपुर भन्सार कार्यालय स्रोतका अनुसार रजनीगन्ध र गुट्खा आयतमा भन्सार तिरेको रकम निकै कम छ तर जनकपुरका हरेक पसलमा रजनीगन्धा गुट्खा भारी परिणाममा उपलब्ध छ । भन्सार छलेर ल्याइएका गुट्खा, रजनीगन्धा काठमाडौदेखि विदेश समेत तस्करी हुने गरेको छ । सीमा नाकाबाट भन्सार छलि गरेर आएका यस्ता वस्तुलाई नेपाल प्रहरीले बजार क्षेत्रमा संरक्षण गरेको पनि स्थानीयहरुले आरोप लगाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
क्रिसमसको दिन युक्रेनी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै रुसी आक्रमण
पुष १०, २०८१ बुधबार
संविधान संशोधन गर्न छिट्टै कार्यदल गठन गरिने एमालेको निर्णय
पुष १०, २०८१ बुधबार
लगानीमैत्री कानुन निर्माण गर्न मुख्यमन्त्री कँडेलको आग्रह
पुष १०, २०८१ बुधबार
आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ: अध्यक्ष दाहाल
पुष १०, २०८१ बुधबार
मध्यपुरथिमिमा बुद्धको अस्थिधातु स्थापना, सर्वसाधारणका लागि प्रदर्शन गरिने
पुष १०, २०८१ बुधबार