कञ्चनपुरमा निषेधाज्ञा खुकुलो पार्दै एक साता लम्ब्याइयो
नेपालबहस संवाददाता
असार ८, २०७८ मंगलबार १६:३१:१२
८ असार, कञ्चनपुर । जिल्ला कोभिड व्यवस्थापन केन्द्र कञ्चनपुरको बैठकले जारी निषेधाज्ञाको अवधि एक साताका लागि लम्ब्याएको छ । आजदेखि असार १४ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । जारी निषेधाज्ञालाई थप खुकुलो पारिएको छ । प्रमुख जिल्ला अधिकारी रामकुमार महतोका अनुसार सरकारी कार्यालयसहित सार्वजजिक निकाय, बैंक तथा वित्तीय संस्था, गैरसरकारी संस्थालाई आलोपालो, टोकन प्रणाली, बार प्रणाली, कोटा निर्धारणसहित स्वास्थ्य सुरक्षा मापदण्डका आधारमा सञ्चालन हुन दिने निर्णय गरिएको छ ।
स्वास्थ्य सेवा, दूध, डेरी पेट्रोलिम पदार्थलगायत अत्यावश्यक पसलबाहेकका अन्य पसल बिहान ६ बजेदेखि दिउँसो ३ बजेसम्म खोल्न दिइने निर्णय गरिएको छ । यसअघि हप्तामा तीन दिनमात्रै पसल खोल्न दिने गरिएको थियो । सरकारी, निजी तथा मालवाहकलगायत अन्य सवारी साधन जनस्वास्थ्यको मापदण्डको पूर्णपाालना गरी सञ्चालन गर्न सकिने निर्णय गरिएको छ ।
उद्योग कलकारखान र सार्वजनिक तथा निजी निर्माणकार्य जनस्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरी सञ्चालन गर्न दिइने भएको छ । सबै प्रकारका सभा सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, पुस्तकालय, सङ्ग्रहालय, सिनेमा हल, पार्टी प्लोस, स्विमिङपुल, सपिङमल, मनोरञ्जन स्थल, सैलुन, ब्यूटीपार्लर, जिमखाना, दर्शकसहितको खेलकूदलगायत मानिस भीडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम सञ्चालन गर्न नपाइने भएको छ । अनुमति प्राप्तबाहेकका सार्वजनिक सवारी साधन भने सञ्चालन गर्न नपाइने व्यवस्था गरिएको छ । स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरेर बढीमा १० जनाको सहभागितामा विवाह, व्रतबन्धजस्ता सांस्कृतिक कार्य भने गर्न पाइने जारी आदेशमा उल्लेख छ ।
शैक्षिक गतिविधि अनलाइन तथा भर्चुअल माध्यमबाट सञ्चालन गर्न सकिने छ । नेपाल प्रवेश गर्न चाहने व्यक्तिले नेपाल सरकारद्वारा तोकिएको गड्डाचौकी र गौरीफन्टा नाकाबाट निर्धारित मापदण्ड पूरा गरी आवागमन गर्न सक्नेछन् । अन्य खुला सीमाको जुनसुकै विन्दुबाट आवागमनलाई निषेध गरिएको छ । नेपाल प्रवेश गर्ने जिल्लाको नागरिकको हकमा सम्बन्धित स्थानीय तहको समन्वयमा क्वारेन्टिन र आइसोलेशनमा बस्नुपर्ने छ ।
जिल्ला बाहिरका नागरिकका हकमा नाकामा रहेको हेल्थ डेस्कमा स्वास्थ्य परीक्षणपश्चात होल्डिङ सेन्टरबाट सम्बन्धित स्थानीय तहको समन्वयमा गन्तव्यमा पठाइने व्यवस्था गरिएको छ । जारी आदेशको उल्लङ्घन गर्नेलाई कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ अनुसार कारवाही हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
महोत्तरीमा लुटेराहरूले घरधनीको हत्या गरी लाखौंको लुटपाट
पुष ६, २०८१ शनिबार
मंकीपक्सबाट बच्न सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
पुष ६, २०८१ शनिबार
जर्मनीका लागि नेपाली राजदूत डा रुपाखेतीद्वारा ओहोदाको प्रमाणपत्र पेस
पुष ६, २०८१ शनिबार
राहदानी बनाउन माल्टाबाट ६ सय ५० को आवेदन
पुष ६, २०८१ शनिबार
क्रिकेट महाकुम्भ एनपीएल: उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै
पुष ६, २०८१ शनिबार