नेपाल पुनर्बीमा कम्पनीले गर्यो २० प्रतिशत लाभांश घोषणा
नेपालबहस संवाददाता
असार ८, २०७८ मंगलबार १६:२९:३१
८ असार, काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले २० प्रतिशत लाभांस घोषणा गरेको छ ।
सञ्चालक समितिले हाल कायम चुक्ता पूँजीको १६.५ प्रतिशत बोनस शेयर र ३.५ प्रतिशत नगद लाभांस प्रदान गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले पहिलो पटक लाभांस घोषणा गरेको हो । अहिलेसम्मको सञ्चित मुनाफाबाट उक्त लाभांस प्रस्ताव गरिएको कम्पनीले जनाएको छ । कम्पनीले पुनर्बीमा व्यवसाय थप विस्तार गर्न थप पूँजीको लागि सरकार सँग प्रस्ताव माग्दै आएको छ ।
सरकार र बीमा समितिको स्वीकृति पछि साधारणसभा आह्वान गर्दा हकप्रदको प्रस्ताव जारी हुने कम्पनीले जनाएको छ । कम्पनीले अर्थमन्त्रालय सँग १०० प्रतिशत हकप्रद शेयर निष्काशनको माग राखेको छ । तर सरकारले अन्तिम स्वीकृति दिए पछि मात्रै एकिन हुने कम्पनीले जनाकारी दिएको छ ।
हाल कम्पनीको चुक्ता पूँजी १० अर्ब रुपैयाँ रहेको छ । प्रस्तावित बोनस शेयर वितरण पछि कम्पनीको चुक्ता पूँजी ११ अर्ब ६५ करोड रुपैयाँ पुग्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाढीपीडितलाई पशु–सुरक्षण बिमा रकम प्रदान
मंसिर २, २०८१ आइतबार
सानिमा रिलायन्स लाईफको कर्मचारी प्रशिक्षण कार्यक्रम सम्पन्न
असोज १६, २०८१ बुधबार
बीमा दाबी सरलीकरण तथा छिटो दाबी भुक्तानी सम्बन्धी छलफल
असोज १५, २०८१ मंगलबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
जनमत पार्टी अध्यक्ष सिके राउत चीन प्रस्थान
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको टोली
मंसिर १६, २०८१ आइतबार
छत्तीसगढ–तेलंगाना सीमामा भएको मुठभेडमा सात संदिग्ध माओवादी लडाकूको मृत्यु
मंसिर १६, २०८१ आइतबार
काश पटेललाई एफबिआईको नयाँ निर्देशक बनाउने ट्रम्पको लक्ष्य
मंसिर १६, २०८१ आइतबार
आइतबार १० अंकले घट्यो नेप्से, ८ अर्ब ३३ करोडका शेयर खरिदबिक्री भए
मंसिर १६, २०८१ आइतबार
झापामा बेसारखेती गर्ने कृषकको सङ्ख्या वृद्धि
मंसिर १६, २०८१ आइतबार
बेमौसमी काँक्रा बेचेर डेढ लाख बढी आम्दानी
मंसिर १६, २०८१ आइतबार