बिहे भोज नराेकिदा, गाउँभरि नै काेराेना संक्रमित
नेपालबहस संवाददाता
असार ८, २०७८ मंगलबार २०:३८:५८
८ असार, बलेवा । जिल्लाभर निषेधाज्ञा जारी भएको भएपनि लगनको महिना भएकाले बिबाह, व्रतबन्ध र चौरासी पूजाजस्ता धार्मिक र सांस्कृतिक कार्यहरु रोकिएका छैनन् । निश्चित मापदण्ड तोकेर धार्मिक तथा सांस्कृतिक कार्यहरुमा सहभागी हुन प्रशासनले आग्रह गरेको भएपनि सुरक्षाकर्मी र प्रशासनको उपस्थिति कम रहेका ठाउँहरुमा यस्ता कार्य पूर्ववत् रुपमा चलिरहेका छन् ।
बागलुङ जिल्ला सदरमुकाममै केही दिनअघि विवाह भोजमा सहभागी भएका ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एउटै गाउँमा यति धेरै जनामा संक्रमण देखिएको हो । विवाहमा सहभागी भएका ५० जनाको परीक्षण गर्दा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खानाल बताउछन् ।
गाउँभरि नै ज्वरो, रुघा, खोकी र शरीर दुख्ने समस्या देखिएपछि परीक्षण गरिएको थियो । यसअघि जिल्लाको बडिगाड गाउँपालिका–४ मा विवाह भोज खाएका अधिकांशमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
सोही विवाहमा सहभागी एकै परिवारका चार जनाको संक्रमणका कारण मृत्यु भएको थियो । ‘‘सात जनाभन्दा बढी जम्मा नहुनु भन्ने जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको निर्णय छ, पालना सबैले गर्नुपर्छ’’, प्रमुख जिल्ला अधिकारी तथा जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिका संयोजक शिवकुमार कार्कीले भने ‘‘कसैले नियम मिचे प्रशासनलाई खबर गरौं ।’’
बागलुङमा आजसम्म ३४० जना सक्रिय संक्रमित छन् । खनालका अनुसार दोस्रो लहर चल्ने बेला अन्यत्रभन्दा पहिला धेरै संक्रमित देखिएको वडा नं। १४ नारायणस्थान सक्रिय संक्रमित मुक्त भएको छ । त्यस्तै वडा नं. ११ रायडाँडा, वडा नं. ५ मालिका र वडा नं. ८ सिगानामा सक्रिय संक्रमितको सङ्ख्या शून्य छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार
डगमगाउँदो जनताको भरोसाः सरकार अर्थतन्त्र सक्रिय बनाउन चुकेकै हो ?
मंसिर ४, २०८१ मंगलबार
बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
मंसिर ४, २०८१ मंगलबार
भारतसँग व्यापार सहजीकरण गर्न राजदूत शर्मालाई चेम्बरको आग्रह
मंसिर ४, २०८१ मंगलबार
डडेल्धुरामा जीप दुर्घटना : दुईको मृत्यु, सात घाइते
मंसिर ४, २०८१ मंगलबार
कर प्रणाली सुधार गरी अगाडि बढ्नुपर्नेमा परिसंघको जोड
मंसिर ४, २०८१ मंगलबार