ओली राजीनामा देउ
नेपालबहस संवाददाता
असार ८, २०७८ मंगलबार २३:३७:११
विशेष सम्पादकीय
एउटा निश्चित बिन्दूमा पुगेपछि संसारका हरेक वस्तुको गिरावट सुरु हुन्छ । प्रकृतिको नियम नै त्यही हो । नेपाली राजनीतिमा पनि यस्तै परिघटना भएको छ । प्रधानमन्त्रीसमेत रहेका नेकपा एमाले अध्यक्ष केपी ओलीको निरंकुशता र सर्वसत्तावाद चरमचुलीमा पुगिसकेको थियो ।
राष्ट्रपतिको आडमा जस्तोसुकै अनैतिक र लोकतन्त्र विरोधी काम गर्न हौसिएका ओलीलाई नियन्त्रण गर्ने निकाय पनि छ भन्ने हेक्का थिएन । प्रसिद्ध फ्रान्सेली विद्वान मन्टेस्क्यूले प्रतिपादन गरेको शक्ति पृथकीकरण र सन्तुलनको नियम नेपालमा पनि आकर्षित हुन्छ भन्ने यथार्थ ओलीले विर्सिएका बेला न्यायालयले आफ्नो भूमिका स्थापित गरिदिएको छ ।
पछिल्लो चरणमा ओलीले गरेको मन्त्रिपरिषद विस्तार गैरसंवैधानिक थियो । आफैं चुनाव घोषणा गर्ने अनि राज्यलाई व्ययभार थप्नेगरी जथाभावी मन्त्री थप्दै जाने निरंकुश शैली र चरित्रलाई सर्वाेच्च अदालतले आज अकुंश लगाइदिएको छ । सत्ताका लागि जस्तोसुकै निच काम गर्न पछि नहट्ने ओली प्रवृत्तिलाई सही बाटोमा ल्याउन अदालतले श्रृँखलावद्ध रुपमा फैसला गरिरहेको छ ।
जनता समाजवादी पार्टीका सत्तास्वार्थी केही नेतालाई प्रभावित पार्न ओलीले नागरिकता अध्यादेश जस्तो संवेदनशील र राष्ट्रघाती कदम उठाए । तर अदालतले स्वीकारेन । एमाले पार्टीलाई आफूखुशी महाधिवेशन आयोजक कमिटी बनाउने निर्णय लगायत धेरै गलत काम सच्याउने साहस अदालतले गरेको छ ।
राष्ट्रपतिलाई प्रभावित पारेर जेसुकै गर्छु भन्ने ओली प्रवृत्तिलाई सही बाटोमा ल्याउन सर्वाेच्चले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । सांसद नै नरहेका पूर्व माओवादी नेताहरुलाई ओलीले जुन ढंगमा तारन्तर मन्त्री बनाए त्यो नै लोकतन्त्रको उपहास थियो । यसलाई सच्याउन समेत अदालतकै अग्रसरता आवश्यक भयो । कुशासन र भ्रष्टाचारको दलदलमा फसेको ओली सरकारलाई विस्थापन गर्ने मूल दायित्व पनि अदालतकै भरोसा पर्नुपरेको छ ।
जननिवार्चित प्रतिनिधिसभालाई बिनाकारण हत्या गर्ने ओलीको दोस्रो प्रयास पनि सफल हुने आधार छैन । लोकतन्त्र र संविधान नै मास्न उद्यत् ओली प्रवृत्तिको अवशानका लागि यस्तो साहसिक निर्णय फेरि पनि अदालतले लिनै पर्छ । संविधानको रक्षा गर्ने शपथ खानेहरु नै यसको हुर्मत लिन कस्सिएका छन् । त्यसलाई नियन्त्रण गर्न न्यायिक सर्वाेच्चताबाट मात्र सम्भव देखियो । ओलीको उत्ताउलोपन र निरंकुश चरित्रलाई निस्तेज गर्न अग्रसर भएको न्यायलयप्रतिको जनआस्था र विश्वास अब थप चुलिएको छ । नत्र निरंकुता हावी हुने अवस्था अझै उँचाईमा पुग्ने थियो ।
ओलीको निरंकुशताले सीमा नाघेकैले न्यायालयले अग्रसरता लिनुपरेको हो । नैतिकता भन्ने कुरा ओलीका लागि कुनै शब्दकोषमा छैन । नत्र यत्रो निर्णय गर्दासमेत नकचरो भएर सत्तामा टाँस्सिनुको कुनै तुक छैन । साँच्चै भन्ने हो भने ओलीले फागुन ११ गते नै राजीनामा दिइसक्नुपथ्र्याे । उनले गरेको विघटन बदर भइसक्दापनि विभिन्न जालझेल गरेर ओली सत्तामा टिकीरहे ।
अब भने ओलीका सबै ढोका बन्द भएका छन् । नैतिकता र इमान्दारी भए ओलीले राजीनामा गर्नैपर्छ । तर नैतिकता र ओलीबीच कुनै नाता साइनो नरहेको धेरैको बुझाई छ । अब पनि राजीनामा नदिने हो भने जनता नै बालुवाटार पसेर ओलीलाई सर्वाङ्ग बनाएर घिसार्नुको विकल्प हुने छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनयाँ वर्षमा सबैको कामना, हाम्रा नेतामा सद्बुद्धि पलाओस् !
बैशाख १, २०८१ शनिबार
शान्ति, सम्बृद्धि, सुशासन र सहमतिको वर्ष बनोस् २०८० !
बैशाख १, २०८० शुक्रबार
इतिहास र बाह्य आलोकमा राष्ट्रिय मेलमिलाप तथा एकता दिवस
पुष १८, २०७८ आइतबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
एसइईको परीक्षा आवेदन फाराम खुला
पुष १२, २०८१ शुक्रबार
सामूहिक आलुखेतीमा किसानलाई प्रोत्साहन गर्दै चुलाचुली पालिका
पुष १२, २०८१ शुक्रबार
नवलपुरको नमूना सदरमुकाम निर्माण गर्न रुख कटानको अनुमति
पुष १२, २०८१ शुक्रबार
कार्यापालिकाको नियमित बैठक किराँत ऐतिहासिकस्थल केपिलासगढीमा
पुष १२, २०८१ शुक्रबार
स्थानीय उत्पादनको प्रवर्द्धनका लागि आठौं 'चेम्बर एक्स्पो २०२५' हुँदै
पुष १२, २०८१ शुक्रबार
राष्ट्रिय एकता दिवसमा ‘अल्ट्रा म्याराथन’
पुष १२, २०८१ शुक्रबार