सभामुखद्वारा विपद प्राधिकरणका पदाधिकारीसँग छलफल
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
असार ८, २०७८ बुधबार १:३४:१३
![](https://nepalbahas.prixacdn.net/media/albums/savamukha-1_UBmmVZGR5B.jpg)
८ असार, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले यसबर्ष मनसुनको शुरुआतसंगै देशका विभिन्न जिल्लामा आएको प्राकृतिक विपदबाट भएको क्षति न्यूनीकरणका लागि सरोकार भएका पक्षसँग छलफल गरेका छन् ।
उनले बाढी, पहिरो र डुबानबाट भएको क्षति र प्रतिकार्यका विषयमा राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको उच्च नेतृत्व र सम्बन्धित क्षेत्रका विशेषज्ञसँग अलग अलग छलफल गरेका हुन् ।
सिंहदरबारस्थित सभामुख सापकोटाको कार्यकक्षमा आज भएको छलफलमा प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेलसहितको टोलिले सिन्धुपाल्चोक, मनाङ्, चितवनलगायत देशकाविभिन्न स्थानमा बाढी पहिरो र डुबानले पु¥याएको मानवीय र भौतिक क्षति र प्राधिकरणबाट भइरहेका प्रतिकार्यका बारेमा जानकारी गराए ।
सो अवसरमा सभामुखले विपद्ग्रस्त क्षेत्रमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाअनुसार कार्य अगाडि बढाउन, विपत्तिबाट समस्यामा परेकालाई यथासक्य छिटो सम्बोधन गर्न र सबै भन्दा धेरै समस्या भोग्नु परेको सिन्धुपाल्चोकमा छुट्टै युनिट बनाएर काम अघि बढाउन आग्रह समेत गरे ।
उनले यसअघि गतआइतबार विपद व्यवस्थापनसँग सम्बन्धित विज्ञहरुसँग छलफल गरेका थिए । देशभर र मूलतः सिन्धुपाल्चोकमा हालैको मनसुनजन्य विपत्तिबाट भएको क्षति, प्रभाव, पुनस्र्थापना एवं पूर्व तयारीका विषयमा केन्द्रीत सो छलफलका सहभागीहरुले ७७ जिल्लामध्ये भूगोल र मौसमका हिसाबले सो जिल्ला निकै जोखिममा रहेको जानकारी गराउँदै अलग्गै योजना बनाएर काम गर्नु उपयुक्त हुने बताएका थिए ।
विज्ञले पूर्व तयारीका लागि पूर्व सूचना प्रणालीको विकास, जोखिम अध्ययन गरी पहिरो, नदि नियन्त्रणका क्षेत्रमा तत्काल काम सुरु गर्नुपर्ने बताएका थिए । सिन्धुपाल्चोकमा विपद् व्यवस्थापनको नमूना योग्य काम गरी देशका अन्य स्थानमा पनि सो विधिलागू गर्न सकिने उनीहरुको सुझाव थियो ।
छलफलमा विज्ञहरु डा. गंगालाल तुलाधर, डा.हरिकृष्ण श्रेष्ठ, डा. रञ्जनकुमार दाहाल, डा. कृष्ण देवकोटा र डा. रविनराज निरौला सहभागि थिए । सभामुख सापकोटाले आजै सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलसँग जिल्लाको पछिल्लो अवस्थाका बारेमा जानकारी लिएको उनका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज देशभरको मौसम सफा रहने, हिमाली भागमा हल्का हिमपात हुने
माघ १७, २०८१ बिहिबार
तराईमा लागेको हुस्सु र कुहिरो अपराह्नपछि सुधार हुने
माघ १६, २०८१ बुधबार
विपदमा क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्न एक खर्ब एक अर्ब लाग्ने अनुमान
पुष २९, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार