घरधनी प्रधानलाई ससम्मान रिहा गर्न माग, सामाजिक सदभावमा आँच ल्याउन रुपा सुनारले सुनियोजित अतिरञ्जना गरेको नेवाःदबूको आरोप
नेपालबहस संवाददाता
असार ९, २०७८ बुधबार १८:१८:४१
९ असार, काठमाडौं । काठमाडौं ११ की घरधनी सरस्वती प्रधानलाई प्रहरीले गैह्रकानुनी रुपमा पक्राउ गरेको भन्दै नेवार समुदायको छाता संगठन नेवाः देय् दबूले आपत्ति प्रकट गरेको छ । सरस्वती प्रधानले पत्रकार रुपा सुनारलाई जातीय आधारमा घर भाडामा नदिएको भन्ने आरोपलाई संगठनले सुनियोजित अतिरञ्जना भनेको छ ।
नेवाः देय दबू जिल्ला समिति काठमाडौंका अध्यक्ष मचाराजा मर्हजनले प्रेस विज्ञप्ति जारी गर्दै घरधनी प्रधानले रुपा सुनारलाई कुनै गालीगलौज नगरेको र घरसल्लाह गरी खबर गर्छु भन्दाभन्दै सामाजिक सदभावमा आँच आउने गरी अतिरन्जित गरिएको यस किसिमका क्रियाकलाप खेदजनक रहेको बताएका छन् ।
प्रत्येक घरधनीलाई आफ्नो घर भाडामा दिँदा भाडामा बस्ने व्यक्तिको घर ठेगाना, पेशा, चालचलन तथा अन्य जानकारी सोध्ने अधिकार रहेको पनि सो विज्ञप्तिमा जनाइएको छ ।
अध्यक्ष महर्जनले जारी गरेको विज्ञत्तिमा भनिएको छ, ‘घरसल्लाह गरी खबर गर्छु भनेको र कुनै पनि करार वा बैना लिई सकेको अवस्था पनि नभएकोमा स्वयंले आफैं कामी भएर नदिने भनेको हो ? भन्दै आफै कुरा बढाएर फोन रेकर्ड गरी मिडियाकर्मी भन्दै शक्तिको दुरुपयोग गरी घरधनीलाई सुनियोजित रुपमा अतिरञ्जित गरेको देखिन्छ । घरधनीले कुनै जातीय विभेद गरेको देखिदैन् । ’
नेवाः दबूले सामाजिक सद्भावमा आँच आउने भएका यस्ता सुनियोजित क्रियाकलापको भर्सना गर्दै प्रधानको पक्राउ गैरकानूनी भएकोले स–सम्मान रिहाईको माग गरेको छ । नेवाः दबूले आफूहरु सबै खाले विभेदको विपक्षमा रहेको पनि जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमोरङको मिक्लाजुङ गाउँपालिका र जापानको मिनामिताने शहरबीच भगिनी सम्बन्ध
मंसिर ९, २०८१ आइतबार
आज जन्म लिने बच्चा सिंह राशीको हुने
मंसिर ८, २०८१ शनिबार
मिथुन राशी भएकाहरुको लागि आज राम्रो समय छ
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार