संसद पुनस्थापना हुनसक्ने ओलीको आशंका, बालुवाटारमा को को ?
नेपालबहस संवाददाता
असार ९, २०७८ बुधबार १८:३३:४
९ असार, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी ओलीले पार्टीका नेताहरुसँग छलफल गरेका छन् । अहिले प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा आफू निकट नेतासँग उनले छलफल थालेका छन् ।
सर्वोच्च अदालतले २० जना मन्त्रीको नियुक्ती खारेज गरेसँगै ओलीले आगामी रणनीति तय गर्ने विषयमा नेताहरु सुवास नेम्वाङ, ईश्वर पोखरेल, विष्णु पौडेल, पार्टी निकट केही कानुनविद, पूर्वमन्त्री प्रदीप ज्ञावाली, सल्लाहकार विष्णु रिमाल लगायतसँग छलफल गरेको वालुवाटार निकट स्रोतले जनाएको छ । छलफलको अन्तिमतिर रामबहदुर थापा बादल र टोपबहादुर रायमाझी पनि वालुवाटार पुगेका थिए ।
प्रधानमन्त्री ओलीले मंगलबार अदालतबाट पदमुक्त भएका मन्त्रीसँग छलफल गरेका थिए । छलफलमा ओलीले पार्टीमा छलफल गरेपछि कसरी अघि बढ्ने भनेर निर्णय गर्ने बताएका थिए । ओलीले मन्त्रीलाई अरू केही बिकल्प सोच्न सक्ने भन्दै निवास नछाड्न र गाडी प्रयोग गर्न भनेका थिए ।
पदमुक्त भएलगत्तै झण्डा छोपेर बालुवाटार पुगेका मन्त्रीहरुलाई बुधबार पार्टी नेताहरुसँग छलफल गरेर धारणा सार्वजनिक गर्ने बताएका थिए । सर्वोच्चको आदेशपछि ओली राजनीतिक र कानुनी संकटमा परेपनि उनले राजीनामा भने दिएका छैनन । संसद विघटनपछि प्रधानमन्त्री ओलीले गरेको मन्त्रिपरिषद विस्तारलाई सर्वोच्च अदालतले अस्वीकार गरेपछि उनी राजनीतिक र कानुनी संकटमा परेसँगै आफू निकटका नेताहरुसँग छलफल गरेका हुन् ।
निर्वाचन गराउन दृढ रहेका ओलीले आजको छलफलमा सर्वोच्चबाट संसद पुर्नस्थापना हुनसक्ने संभावनालाई पनि ध्यानमा राखेर नेताहरुसँग छलफल गरेको स्रोतको दावी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार