लुम्बिनी विल्डर्सले समयमै पुल निर्माणकाे काम नसक्दा आवत जावतमै समस्या
नेपालबहस संवाददाता
असार ९, २०७८ बुधबार १८:५१:०
९ असार, वीरगञ्ज । पर्साको ग्रामिण क्षेत्रलाई सदरमुकाम वीरगञ्जसँग जोड्ने तिलाबे पुल निर्माण नहुँदा वर्षायाममा सदरमुकामसँग ग्रामिण क्षेत्रको सम्बन्ध टुट्ने देखिएको छ ।
निर्माणको जिम्मा लिएको लुम्बिनी विल्डर्सले समयमै काम नसक्दा ग्रामिण क्षेत्रको सम्बन्ध सदरमुकामसँग विच्छेद हुने अवस्था देखिएको हो ।पुलको ७० प्रतिशत काम सकिए पनि लकडाउनका कारणले निर्माणमा समस्या आएको भन्दै निर्माण कम्पनीले काम रोक्दा पुल निर्माणको काम अघि बढ्न सकेको छैन ।
पुलको स्लेब काम हुँदा पहिले सञ्चालनमा रहेको पुलबाट आवतजावत रोकेर डाइभर्सनको व्यवस्था मिलाइएको छ । तर पानी पर्दा डाइभर्सन हिलाम्मे हुने र तिलाबे खोलामा आउने बाढीका कारण आवत जावतमै समस्या हुने गरेको छ ।
करिब २० महिना अगाडी लुम्बिनी विल्डर्स र हुलाकी राजमार्ग आयोजनाबीच पुलको बाँकी काम अघि बढाउने दुईपक्षीय सम्झौता भएको थियो । पुल निर्माणका लागि २०७३ असारमा पप्पु लुम्बिनी जेभीले ठेक्का पाएको भए पनि पुलको काम लुम्बिनी विल्डरले गर्दै आएको छ ।
पछिल्लो पटक थपिएको म्याद अनुसार आउँदो असार सम्म पुल निर्माण गरिसक्नुपर्ने लक्ष्य दिइएको छ । लुम्बिनी विल्डर्सका कार्यकारी निर्देशक विष्णु शर्माले तिलाबे खोलाको पुल अब लकडाउन खुलेपछि मात्रै अघि बढ्ने बताए ।
साझा डेलीसँग कुरा गर्दै पुल निर्माणको जिम्मा लिएका उनले अहिले लकडाउनका बेला श्रमिक र निर्माण सामग्री उपलब्ध हुन नसक्दा पुल निर्माणको काम अघि बढाउन नसकेको बताए ।
वीरगञ्ज ठोरी हुलाकी सडक खण्डमा पर्ने यो पुल ग्रामिण क्षेत्रलाई सदरमुकामसँग जोड्ने एक मात्रै पुल हो । हुलाकी राजमार्ग आयोजनाका दरोगा प्रसाद साहले लकडाउन नभएको भए पुल देखिने गरि निर्माण हुने अवस्था रहेको बताउँदै अहिले अवस्था केही सहज भएकाले केही समयमै काम सुरु हुने विश्वास व्यक्त गरे ।
साथै वर्षायाममा सडकबाट पूलबाट ओहरदोहर सहज बनाउने गरी सडक सुधार गर्न निर्माण कम्पनीलाई निर्देशन दिएको उनले जानकरी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचुरियामाई सुरुङमार्ग सर्वसाधारणका लागि खुला गरिँदै
पुष ८, २०८१ सोमबार
तमोर नदीस्थित लुमुघाट मोटरेबल पुल पुनर्निर्माण थालियो
पुष ८, २०८१ सोमबार
गरुडामा ४५ लाखको लागतमा रामजानकी मन्दिर बनाइने
पुष १, २०८१ सोमबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
सहकारी ठगी प्रकरणमा छबिको बयान सकियो, अन्य प्रतिवादीहरूको जारी
पुष ९, २०८१ मंगलबार
वार्षिक ४५ ट्रिलियन येनको पूर्वाधार निर्यात गर्ने जापानको लक्ष्य
पुष १०, २०८१ बुधबार
इरानमा ह्वाट्सएप, गुगल प्लेमाथिको प्रतिबन्ध हट्यो
पुष १०, २०८१ बुधबार
चन्द्रागिरिका मेयर गिरीसँग जापानी कार्यवाहक राजदूत ताकाहिरोको भेटवार्ता
पुष १०, २०८१ बुधबार
व्यवसायिक पशुपालनबाट वार्षिक १२ लाख आम्दानी
पुष १०, २०८१ बुधबार
कजाकिस्तानमा दुर्घटना भएको जहाजमा सवार ६७ यात्रु मध्ये २५ जनाको जीवितै उद्धार
पुष १०, २०८१ बुधबार
मंसिर महिनामा ८४ हजार बढीले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिए
पुष १०, २०८१ बुधबार