निर्वाचित जनप्रतिनिधि कोसेली बोकेर सुत्केरी आमाका घरघरमा
नेपालबहस संवाददाता
असार ९, २०७८ बुधबार २३:३६:१९
९ असार, डोटी । जिल्लाको पूर्वीचौकी गाउँपालिकाले आफ्ना पालिकामा भएका सुनौला हजार दिनका आमालाई पोषणयुक्त खानेकुरासहितको उपाध्यक्ष कोसेली वितरण शुरु गरेको छ । गाउँपालिकाले पालिकामा रहेका सुनौला हजार दिनका सुत्केरी भएका विपन्न, दलित आमालाई उपाध्यक्ष कोसेली कार्यक्रमअन्तर्गत ‘पोषण झोला’ वितरण कार्यक्रमको शुरुआत गरेको हो । कार्यक्रम शुरु भएदेखि अहिले त्यहाँका निर्वाचित जनप्रतिनिधि तथा कर्मचारी उपाध्यक्ष कोसेली बोकेर सुत्केरी आमाका घरघरमा जान थालेको बताइएको छ ।
उक्त कार्यक्रमअन्तर्गत अहिले पालिकाका सातवटै वडामा रहेका सुनौला हजार दिनका आमाका घरैमा पुगेर उक्त ‘पोषण झोला’ वितरण गरिन थालिएको उपाध्यक्ष निर्मला साउदले बताए । उनले भने, “गाउँमा सुत्केरी भएका हजार दिनका आमालाई हामीले घरैमा पुगेर पोषणयुक्त कोसेली वितरण गर्न थालेका छौँ, कोसेलीले आमा र बच्चाको स्वास्थ्य राम्रो हुनेछ ।” सुत्केरी भएका आमाले राम्रो खानेकुरा खान नपाएका कारण बच्चालाई कुपोषण हुने तथा आमा र बच्चा दुवैको स्वास्थ्यमा समस्या आउने भएकाले उक्त कार्यक्रम लागू गरिएको गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीले जानकारी दिए ।
उक्त कार्यक्रमअन्तर्गत पालिकाभरिमा रहेका ८४ आमालाई कोसेली पोषण झोलामा एक क्यारेट अण्डा, एक लिटर तोरीको तेल, एक किलो चिनी, एक किलो चना, दुई प्याकेट चियापत्ती, एक प्याकेट आयोडिन नुनसहित फलफूल वितरण गरिन थालिएको गाउँपालिकाका सूचना अधिकारी हरिभक्त साउदले जानकारी दिए ।
पालिकाले उक्त कार्यक्रम लागू गरी पोषण खानेकुरा वितरण गर्न थालेपछि यहाँका सुत्केरी भएका आमा तथा उनीहरुका घरपरिवार निकै खुशी भएका छन् । जिल्लामा उपाध्यक्ष कोसेली कार्यक्रम सञ्चालन गर्ने पूर्वीचौकी पहिलो स्थानीय तह भएको पालिकाको दाबी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
महोत्तरीमा लुटेराहरूले घरधनीको हत्या गरी लाखौंको लुटपाट
पुष ६, २०८१ शनिबार
मंकीपक्सबाट बच्न सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
पुष ६, २०८१ शनिबार
जर्मनीका लागि नेपाली राजदूत डा रुपाखेतीद्वारा ओहोदाको प्रमाणपत्र पेस
पुष ६, २०८१ शनिबार
राहदानी बनाउन माल्टाबाट ६ सय ५० को आवेदन
पुष ६, २०८१ शनिबार
क्रिकेट महाकुम्भ एनपीएल: उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै
पुष ६, २०८१ शनिबार