महालक्ष्मी मिसकल सेवा सञ्चालनमा, के के छन् सुविधा ?
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
असार ९, २०७८ बिहिबार ०:५२:१०
![](https://nepalbahas.prixacdn.net/media/albums/Missed-Call-Service-Design_P4L8S0gH74.jpg)
९ असार, काठमााडौं । कोभिड–१९ महामारीमा ग्राहकले घरमै बसी आधुनिक बैंकिङ सेवा लिन सक्ने गरी महालक्ष्मी विकास बैंकले ‘महालक्ष्मी मिसकल सेवा’ सञ्चालनमा ल्याएको छ ।
बैंकले सञ्चालनमा ल्याएको यस सेवामा ग्राहकले कुनै पनि बैंकिङ सेवा, बैंकको शाखाको बारेमा जानकारी तथा बैंकको बचत तथा कर्जा सम्बन्धी कुनै पनि जानकारी आवश्यक परे मोवाइल नम्बर ९८४७३८७५२४ मा मिसकल सेवा गर्न सक्ने जनाएको छ । बैंकका प्रतिनिधिले सम्बन्धित ग्राहकलाई फोन गरी कलब्याक जानकारी उपलब्ध गराउने छन् ।
यस सेवामा ग्राहकलाई बैंकका प्रतिनिधिले डिजिटल बैंकिङको प्रयोग विधि तथा त्यसको उपयोगीता बारे पनि जानकारी गराउनुको साथै बैंकसँग सम्बन्धित कुनै पनि समस्या वा सुझाव भए सोको जानकारी लिई उचित समाधान गर्ने जनाएको छ ।
बैंकले यस विषम परिस्थितिमा सम्पूर्ण ग्राहकलाई मोवाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आइपिएस, क्यूआर कोड लगायतका विद्युतीय बैंकिङ सेवा प्रयोग गरी विद्युतीय कारोबारलाई प्रोत्साहन गर्दै कोरोना संक्रमणबाट आफू बच्न र अरुलाई पनि बचाउन अनुरोध गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहालक्ष्मी विकास बैंकद्धारा 'महालक्ष्मी कल सेन्टर' को सुरुवात
माघ २७, २०८१ आइतबार
महालक्ष्मी विकास बैंक र डोल्मा कन्सल्टेन्सीबीच असुली प्रणाली सुदृढ बनाउन सम्झौता
माघ २२, २०८१ मंगलबार
गरिमा विकास बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आईभिएफमा विशेष छुट
माघ १५, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार
भन्सार छलेको सामानसहित रौतहटमा एक जना पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओली दाङमा
फागुन ५, २०८१ सोमबार
परराष्ट्रमन्त्री राणा र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता
फागुन ५, २०८१ सोमबार