बलात्कारको प्रतिकार गरेपछि सन्तोषीको घाँटी थिचेर हत्या, गाडीको सहचालक पक्राउ !
नेपालबहस संवाददाता
असार १०, २०७८ बिहिबार १८:१३:१७
१० असार, काठमाडाैं । सन्तोषी सुब्बा हत्या अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २१ वर्षीय युवक सुरेश तिमल्सिना रहेको प्रहरीले जनाएको छ ।
महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ पर्ने सिन्धुपाल्चोकको चौतारा साँगाचोक गढी नगरपालिका-१४ घर भई काठमाडौंको दक्षिणकाली बस्ने २९ वर्षीय सुरेश तिमल्सिना हुन् । उनी गाडीको सहचालक रहेको खुलेको छ। उनलाई आजै पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने प्रहरीले जनाएको छ ।
प्रहरी स्रोतका अनुसार ती युवकले सुरुमा सन्तोषीलाई बलात्कार प्रयास गरेका थिए । तर सन्तोषीले प्रतिकार गरेपछि घाँटी थिचेर हत्या गरेको र अनुहार चिन्न नसकियोस्भ नेर अनुहारभरि प्रहार गरेको बयानमा युवकले स्वीकार गरेका छन् ।
विभिन्न पशुपक्षीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी सन्तोषीको हत्यापछि प्रहरीले अनुसन्धान थालेको थियो । थप घटना विवरण प्रहरीले पत्रकार सम्मेलनमा सार्वजनिक गर्ने छ ।
काठमाडौंको दक्षिणकाली मन्दिरस्थित पार्किङसँगैको शौचालयमा हत्या गरेर फालिएको अवस्थामा सन्तोषीको शव मंगलबार भेटिएको थियो । घर काभ्रे भएको र पछिल्लो समय काठमाडौंकै कालोपुलमा एक धर्म बुबासँग बस्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो ।
अनुहार चिन्न नसक्ने गरी लागेको चोटका कारण शव पहिचानमा समस्या भएको थियो । अर्धनग्न अवस्थामा फेला परेको शवको मुख चिन्न नसकिने गरी किचिएको थियो भने घाँटी कसिएको पाइएको थियो ।
र याे पनि…………
दक्षिणकालीमा विभत्स अवस्थामा एक जना महिलाको शव फेला
दक्षिणकालीको ट्वाइलेटमा युट्युबमा भाइरल सन्तोषी सुब्बाको हत्या !
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसार्वजनिक लेखा समितिका सभापति पोखरेलका स्वकीय सचिव पक्राउ
पुष २५, २०८१ बिहिबार
वीरगन्जमा गाँजासहित चार जना पक्राउ
पुष २४, २०८१ बुधबार
लागूऔषधसहित विभिन्न ठाउँबाट सात जना पक्राउ
पुष २४, २०८१ बुधबार
वेस्ट मिन्स्टर कार्यक्रममा सहभागी हुन कांग्रेस नेता कोइराला बेलायत प्रस्थान
पुष २५, २०८१ बिहिबार
निकञ्जमा घाँसेमैदान व्यवथापनको काम काम सुरु
पुष २५, २०८१ बिहिबार
आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
पुष २५, २०८१ बिहिबार
गहुँबालीमा मल छर्दै किसान
पुष २५, २०८१ बिहिबार
मुसहरबस्तीमा आगो ताप्ने व्यवस्था
पुष २५, २०८१ बिहिबार
कफीको बेर्ना उत्पादन गर्न निर्माण गरिएको टनेल
पुष २५, २०८१ बिहिबार