दोधारा चाँदनी नगरपालिकाको ६२ करोड बजेट विनियोजन
नेपालबहस संवाददाता
असार १०, २०७८ बिहिबार १९:११:२९
१० असार, कञ्चनपुर । दोधारा चाँदनी नगरपालिकाको सातौँ नगरसभाले आर्थिक वर्ष २०७८–७९ का लागि रु ६२ करोड १५ लाख १३ हजारका बजेट विनियोजन गरेको छ ।
पर्यटन प्रवद्र्धन, भौतिक पूर्वाधार निर्माण, आधुनिक कृषि, व्यावसायिक पशुपालन, गरिवी निवारण, नदी नियन्त्रण र आयआर्जनका कार्यक्रमलाई बजेटमा प्राथमिकता दिइएको छ । गुणस्तरीय शिक्षा, स्वास्थ्य, खेलकूद लगायतलाई बजेटमा स्थान दिइएको छ ।
नगरसभामा नीति तथा बजेट कार्यक्रम प्रस्तुत गर्नु हुँदै नगर उपप्रमुख चिनी गिरीले आयतर्फ वित्तीय समानीकरणमा रु १३ करोड ४० लाख, शसर्त अनुदानमा रु १८ करोड ४२ लाख, राजश्व बाँडफाँडमा रु आठ करोड २४ लाख, समपुरक अनुदानमा रु २३ लाख, प्रदेश राजश्व बाँडफाँटबाट रु १९ लाख, प्रदेशबाट वित्तीय समानीकरणमा रु ९७ लाख रहेको बताए।
प्रदेशबाट विशेष अनुदानमा रु ५३ लाख, प्रदेशबाट समपुरक अनुदानमा रु एक करोड १७ लाख ५४ हजार, आन्तरिक आम्दानीबाट रु तीन करोड १४ लाख २२ हजार, सडक बोर्डबाट रु ३५ लाख, गत वर्षको मौज्दातबाट रु तीन करोड ५० लाख र सामाजिक सुरक्षातर्फ रु १२ करोड गरी जम्मा रु ६२ करोड १५ लाख १३ हजार आम्दानी हुने अनुमान गरिएको छ । व्ययतर्फ चालू खर्च रु २४ करोड ३४ लाख ६५ हजार र पुँजीगत खर्च रु ३७ करोड ८० लाख ४८ हजार रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
जाडोमा छालाको स्याहार गर्न बढी सतर्कता अपनाउन चिकित्सकको सुझाव
पुष ६, २०८१ शनिबार
एनपीएल फाइनलः सुदूरपश्चिमले जनकपुरलाई दियो १८५ रनको लक्ष्य
पुष ६, २०८१ शनिबार
कर्णाली नदी क्षेत्रमा आइपुगे आगन्तुक लक्ष्मण सारस
पुष ६, २०८१ शनिबार
थुनामुक्त गरिदिने भन्दै साढे ३९ हजार भारु घुस खाने तीन जना पक्राउ
पुष ६, २०८१ शनिबार
महोत्तरीमा लुटेराहरूले घरधनीको हत्या गरी लाखौंको लुटपाट
पुष ६, २०८१ शनिबार