सिमकोटको नीति तथा कार्यक्रमले कृषि र पर्यटनमा जोड दिने
नेपालबहस संवाददाता
असार १०, २०७८ बिहिबार १९:५५:१
१० असार, हुम्ला । सिमकोट गाउँपालिकाले आव २०७८–०७९ को नीति तथा कार्यक्रममा जडिबुटी, पर्यटन, जलविद्युत्, स्याउ, ओखर, चिनो, काउनी, आलु, सिमी, फापर, महलगायत फलफूल तथा नगदेबालीको प्रवद्र्धनका लागि पहिलो प्राथमिकता राखेको छ ।
त्यस्तै घरेलु उद्योग विकासलाई प्राथमिकता दिइने छ । पर्यकीयस्थलको पहिचान गरेर १० हजारभन्दा बढी पर्यटक गाउँपालिकामा भित्र्याइने लक्ष्यसमेत राखिएको छ । पर्यटकीयस्थल खार्पुनाथ र शिव मन्दिर, रलिङ गुम्बा, पञ्चमुखी हिमाल, दूधेदहलगायतमा सडक विस्तार तथा सुधार गर्नमा जोड दिइने छ ।
गाउँपालिकाका उपाध्यक्ष बली रावतले आव २०७८–०७९ को बजेट प्रस्तुत गरेको थियो । चालुतर्फ ५८.०९ र पूँजीगततर्फ ४१.९ प्रतिशत बजेट प्रस्तुत गरिएको थियो । गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामाले कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सडक निर्माणमा पहिलो प्राथमिकता दिइने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
‘नेपालमा गणतन्त्र र लोकतन्त्रले सफलता पाएको छ’
मंसिर ११, २०८१ मंगलबार
पुस ११ देखि चितवन हात्ती तथा पर्यटन महोत्सव हुने
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह
मंसिर ११, २०८१ मंगलबार
सबै संघीय अस्पतालमा विद्युतीय हाजिरी अनिवार्य
मंसिर ११, २०८१ मंगलबार