कालो मासु अर्थात कडकनाथ कुखुराको मासु खानुका फाइदा नै फाइदा

नेपालबहस संवाददाता
असार १०, २०७८ बिहिबार २३:५५:८

१० असार, काठमाडौं । कडकनाथ कुखुरालाई स्थानीय भाषामा कालामासी , कालामास पनि भनिन्छ । किनभने यसको शरीरको रौं मात्र होइन, मासु र छालासमेत कालो हुन्छ । भारतको मध्यप्रदेशमा उत्पति भएको मानिएको यो कालो कुखुरा , भारतका आदिवासी समुदायमा लोकप्रिय छ ।
आदिवासी समुदायले यो प्रजातीको कुखुरालाई विभिन्न चाडपर्वमा देवीदेउतालाई बलि चढाउन प्रयोग गर्ने भएकाले बिगतमा अत्याधिक कुखुरा मारिए र यसको उत्पादनमा कमी आयो । फलस्वरुप जङ्गलमा भएका पनि मासिए । त्यसकारण कडकनाथ कुखुरालाई लोपोन्मुख पन्छीको रुपमा लिइन्छ ।
यसका प्रमुख ३ जात छन् । जसमा कडकनाथ, सिल्की, आय्यम सेमानी । त्यसमा पनि कडकनाथ प्रजातिको कुखुरा पालन र यसको व्यवसायले नेपालमा राम्रो सम्भावना बोकेको छ । कडकनाथ कुखुराको मुख्य विशेषता भनेको स्थानीय वातावरणमा सहजै बढ्ने , रोग प्रतिरोधात्मक क्षमता भएको , केही गर्मी र मध्यम खालको तापक्रम भएको क्षेत्रमा घुलमिल हुन सक्ने र त्यस्तो वातावरणमा राम्रोसँग हुर्किन सक्छ ।
त्यसैले नेपालको तराई र पहडी भेगमा यो प्रजातिको कुखुराको राम्रो सम्भावना देखिएको छ । पोषण तत्व र प्रोटिनको मात्रा २५ प्रतिशत भन्दा बढी हुन्छ । साधारणतया चराहरुमा १८ देखि २० प्रतिशतसम्म मात्र प्रोटिन हुन्छ । यसमा cholesterol को मात्रा 0.७३ – १ .०५ % मात्र हुन्छ जबकि अन्य कुखुरामा १३ – २५ % cholesterol काे मात्रा हुन्छ । अमीनो एसिडको मात्रा उच्च हुन्छ ।
त्यस्तै भिटामिन B1,B2,B6, B12, C र E, niacin , protein, fat, calcium, phosphorus, iron, nicotinic acids आदि रहेको हुन्छ । कडकनाथ कुखुराको मासु प्रयोग गर्दा हाम्रो शरीरलाई हुने फाइदाहरु यस्ता छन् । महिलाहरुमा देखिने बाजोपनको उपचार , मष्तिस्क सम्बन्धित रोग , मुटु सम्बन्धित रोग हुनेहरुको लागि यो जातको कुखुराको मासु अत्यन्तै राम्रो हुन्छ ।
दीर्घकालीन रोगहरु जस्तै arthritis, asthma, cancer, COPD, diabetes र भाइरल रोगहरु जस्तै Hepatitis C र HIV/AIDS का लागि यो कुखुराको धेरै नै मासु फाइदाजनक छ । उच्च रक्तचापकाे समस्या हुनेहरुका लागि पनि यसको मासु औषधीको रुपमा प्रयोग हुँदै आएको छ ।
यो कुखुराको मासुमा हुने पोषण तत्वहरुका कारण ,रोग प्रतिरोधक क्षमताको रुपमा पनि यसको मासु प्रयोग गर्न सकिन्छ । ५ ० यसको अण्डामा समेत उच्च रुपमा प्रोटिनको मात्रा हुने र फ्याटको मात्रा कम हुने हुदाँ मानव स्वास्थ्यको लागि अति उत्तम हुन्छ । यस्को प्रयोगले टाउको दुख्ने , रिङ्गटा लाग्ने र किड्नीको समस्यालाई धेरै हदसम्म कम गराउँछ ।
नेपालमा कडकनाथ जातको कुखुराको व्यवसायिक संभावना छ । अहिले यसको पालन समेत गर्न थालिएको छ । यो कुखुरा नेपालको जुनसुकै हावापानीमा पनि सजिलै पाल्न सकिन्छ । हेर्दा कालो हुने हुदाँ धेरैले यसलाई मन नपराउने भएतापनि यसको मासर र अण्डामा पाईने पोषण तत्वको हिसाबले उत्कृष्ट कुखुराको मासुका रुपमा यसलाई लिन सकिन्छ ।
यसलाई प्रगोग गर्नेहरू पनि यसको स्वाद एकदमै मिठो भएको बताउँछन् । अझ भन्छन्, तपाईंले पनि खानु भएको छैन भने एकपटक खाएर हेर्नुस् ! तपाईं पनि पल्किनु हुन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाउली बिक्रीबाट एकै ‘सिजन’मा छ लाख आम्दानी
फागुन १३, २०८१ मंगलबार
भोजपुरका किसान व्यावसायिक कफीखेतीमा जुटे
फागुन १२, २०८१ सोमबार
कम लगानीमा बढि आम्दानी भएपछि कृषक माहुरीपालनतर्फ आकर्षित
फागुन १२, २०८१ सोमबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
भारतको केआईआईटी कलेजबाट फर्किएका विद्यार्थीलाई त्रिविले भर्ना लिने
फागुन १३, २०८१ मंगलबार
रश्मिका मन्दनाका तीन फिल्मले कमायो तीन हजार एक सय ६५ करोड
फागुन १४, २०८१ बुधबार
परराष्ट्रमन्त्री राणा र राष्ट्र संघीय मानवअधिकार उच्च आयुक्त भल्कर टकबीच भेटवार्ता
फागुन १४, २०८१ बुधबार
शिवरात्रिमा पानीको बहाव बढाउन मेलम्चीलाई वाग्मतीमा छाडियो
फागुन १४, २०८१ बुधबार
अशोक शर्माको फिल्म 'डबल ट्रिपल' अर्को इतिहास रच्ने गरी आउने तयारीमा
फागुन १४, २०८१ बुधबार
विक्की कौशलको पाँच सय करोड कमाउने पहिलो फिल्म बन्यो 'छावा'
फागुन १४, २०८१ बुधबार