युद्धको उपचारका लागि चीनमा रहेका हुम्लीद्धारा आर्थिक सहयोग
नेपालबहस संवाददाता
असार ११, २०७८ शुक्रबार १४:११:३
११ असार, सिमकोट । केही दिनअघि हुम्लाको सिमकोट गाउँपालिका–७ डाडाफयास्थित जबुका गाउँका दुवै खुट्टा भाँचिएर घाइते भएका बालक युद्ध शाहीको उपचारका लागि चीनमा रहेका हुम्लीले आर्थिक सहयोग पठाएका छन् ।
उपचारका लागि आर्थिक अवस्था कमजोर भएको समचार राससमा प्रकाशन भएसँगै चीनमा रहेर व्यापार, व्यवसायलगायत अन्य काम गरिरहेका हुम्लीले रु ८१ हजार ७०० सहयोग पठाएका हुज् । चीनमा रहेका ७५ हुम्लीले आफ्नो एक दिनको खाजाबापतको रकम कटाएरसहयोग गरेको चीनमा रहेका सिमकोट–४ बुराउने गाउँका जङ्गबहादुर लामा ‘निमा’ ले बताए ।
लामाले युद्धको घरको आर्थिक अवस्था अति नाजुक भएको तथा बुबा नभएर उपचारमा थप समस्या बनाएको भन्ने समाचार प्रकाशन भएपछि अलिकति भए पनि आर्थिक सहयोग गर्नुपर्छ भन्ने मान्यताले सहयोग रकम जुटाउने कार्यमा नाम्खा गाउँपालिका लिमी गाउँका छुल्ठिम लामासँग मिलेर सङ्कलन गरेको उक्त रकम बुधबार नेपाल पठाएको बताए । बालकको उपचारका लागि आथिंक सङ्कलनका लागि छुल्ठिमसँग मिलेर चीनमा रहेका हुम्लीसँग सहयोग मागेको उनको भनाइ छ ।
हुम्लाका राससकर्मी दाने बोहराको बैंक खातामार्फत ११ वर्षीय बालक युद्धको उपचारका लागि चीनमा रहेका हुम्लीले पठाएको सो रकम बिहीबार प्रमुख जिल्ला अधिकारी गणेश आर्चायलाई हस्तान्तरण गरिएको हो । प्रजिअ आचार्यको सक्रियतामा हाल जिल्लामा बालकको उपचारका लागि आर्थिक सङ्कलन हुने क्रम जारी छ । प्रजिअ आर्चायको नेतृत्वमा ‘युद्ध बचाउँ’ अभियान सञ्चालन भइरहेको छ । जिल्लामा व्यक्तिगत तथा विभिन्न संस्थाले गरेर उपचारका लागि आर्थिक सहयोग जुटाउने कार्य जारी छ । हालसम्म युद्धको उपचारका लागि रु दुई लाख ४८ हजार ९३९ सङ्कलन भइसकेको प्रजिअ आर्चायले बताए ।
घाइते बालक युद्धको कर्णाली प्रदेश सुर्खेतमा रहेको प्रादेशिक अस्पतालमा निःशुल्क उपचार भइरहेको छ । उनी चौध वर्षीया दिदीसँग बस्दै आएका छन् । उनको बुबाको केही वर्षअघि नै निधन भएको तथा आमाले अर्कैसँग विवाह गरेका कारण उपचारका लागि आर्थिक अभाव भएको समचार प्रकाशित भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
दृष्टिविहीन टी–२० विश्वकप क्रिकेट: नेपालले दक्षिण अफ्रिकालाई हरायो
मंसिर ११, २०८१ मंगलबार
कृषि क्रान्तिका लागि फरक ढङ्गले काम गर्छाैं : प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
एनपीएलमा उत्कृष्ट नेपाली खेलाडीले कार पुरस्कार पाउने
मंसिर ११, २०८१ मंगलबार
निर्वाह भत्ता दिने निर्णय नसच्याए काम छाडेर सडकमा उत्रने आवासीय चिकित्सकहरुको चेतावनी
मंसिर ११, २०८१ मंगलबार
इजरायली राजदूतद्वारा बीपी सङ्ग्रहालयको निरीक्षण
मंसिर ११, २०८१ मंगलबार
चार महिनामा १ अर्ब ४३ करोड बराबरको सुन भित्रियो, मूल्य घटेपछि बजारमा बढ्यो चहलपहल
मंसिर ११, २०८१ मंगलबार