ज्योति विकास बैंकले डेढ अर्बको ऋणपत्र निष्काशन गर्ने, ब्याजदर कति ?
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac.jpeg
)
नेपालबहस संवाददाता
असार ११, २०७८ शुक्रबार १६:३४:३१
![](https://nepalbahas.prixacdn.net/media/albums/debenture-1_JT9PU0SIOC.jpg)
११ असार, काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले १ अर्ब ५० लाख रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा १ अर्ब ५० लाख रुपैयाँ बराबरको १५ लाख कित्ता ऋणपत्र बिक्री खुल्ला गर्न लागेको हो ।
जसमध्ये बैंकले ६ लाख कित्ता सामूहिक लगानीकोष सहित सर्वसाधारणमा बिक्री गर्नेछ, भने ९ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई बिक्री गर्नेछ ।
सर्वसाधारणका लागि छुट्याएको मध्येबाट ३० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि बाँडफाँट गरी बाँकी ५ लाख ७० हजार कित्ता ऋणपत्र सार्वजनिक निष्काशन गर्न लागेको हो ।
उक्त इकाईहरु बैंकले असार २० गतेदेखि निष्काशन तथा बिक्री खुल्ला गर्नेछ । बैंकले १० वर्ष अवधिको ‘ज्योति विकास बैंक बन्ड २०८७’ जारी गर्न लागेको हो । उक्त ऋणपत्रको ब्याजदर वार्षिक ९% हुनेछ ।
लगानीकर्ताले उक्त ऋणपत्रमा असार २० गतेदेखि छिटोमा असार २३ गतेसम्म र ढिलोमा साउन ३ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त्त ऋणपत्रमा न्यूनतम २५ इकाईदेखि अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।
उक्त ऋणपत्रको बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ । बैंकले जारी गर्न लागेको उक्त ऋणपत्रलाई इक्रा नेपालले ‘इक्रा एनपी आईआर रेटिङ बीबी प्लस’ रेटिङ दिएको छ । उक्त रेटिङ पाउने कम्पनी वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको मानिन्छन् । यस्ता संस्थाहरुमा मध्यम कर्जा जोखिम रहन्छ ।
उक्त ऋणपत्रमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट पनि आवेदन दिन सकिन्छ ।
ऋणपत्रको बारेमा थप जानकारीको लागि तलको विवरण हेर्नुहोस्ः
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहालक्ष्मी विकास बैंकद्धारा 'महालक्ष्मी कल सेन्टर' को सुरुवात
माघ २७, २०८१ आइतबार
महालक्ष्मी विकास बैंक र डोल्मा कन्सल्टेन्सीबीच असुली प्रणाली सुदृढ बनाउन सम्झौता
माघ २२, २०८१ मंगलबार
गरिमा विकास बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आईभिएफमा विशेष छुट
माघ १५, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार
भन्सार छलेको सामानसहित रौतहटमा एक जना पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओली दाङमा
फागुन ५, २०८१ सोमबार