पत्रकारमाथि दुव्र्यवहार गर्नेलाई कारवाही गर्न महासंघको माग
नेपालबहस संवाददाता
असार ११, २०७८ शुक्रबार १७:३२:११
११ असार, डोटी । समाचार सङ्कलनका लागि जिल्लाको पूर्वीचौकी गाउँपालिका गएका पत्रकारमाथि दुव्र्यवहार गरेको भन्दै यहाँस्थित पत्रकार महासंघ तथा विभिन्न संघ सङ्गठनले दुव्र्यवहार गर्नेलाई कारवाहीको माग गरेका छन् । पूर्वीचौकीमा समाचार सङ्कलन र प्रशासनिक कार्यका लागि गएका नजर नेपाली साप्ताहिकका सम्पादक झलक पाली, नेपाल टेलिभिजन डोटी संवाददाता सुवास नेपाली र त्रिवेणी एफएममा कार्यरत पत्रकार प्रेम नेपालीमाथि त्यहाँका जनप्रतिनिधिले नै दुव्र्यवहार गरेको भन्दै कारवाहीका लागि माग गरिएको हो ।
पत्रकारमाथि भएको उक्त घटनाको विरोध गर्दै पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश, पत्रकार महासंघ डोटी शाखा, प्रेस चौतारी र प्रेस सेन्टरले प्रेस विज्ञप्ति जारी गरी घटनाका दोषीहरुलाई कानूनी कारवाहीसहित पेशागत सुरक्षाको प्रत्याभुत गराउन माग गरेका छन् । गाउँपालिकाले आइसोलेशन वार्ड सञ्चालनमा ल्याएको, भिडियो एक्सरे सेवा शुरु गरेको, दलित लक्षित कार्यक्रमअन्तर्गत सम्पन्न क्रियाकलापका विषयमा समाचार सङ्कलन तथा गाउँपालिकाबाट भुक्तानी गर्न बाँकी रहेका विज्ञापन तथा सूचनाको रकम भुक्तानी लिन पुगेको समयमा बिनाकारण आफूहरुमाथि हातपात हुनुका साथै गालीगलौज र अभद्र व्यवहार भएको पत्रकार पालीलगायतले आरोप लगाएको छ ।
उनका अनुसार वडा नं १ का वडाध्यक्ष अङ्कबहादुर खड्का, वडा नं ४ का वडाध्यक्ष नवराज खड्का, वडा नं ४ का प्रेमबहादुर खड्का र वडा नं ५ का शङ्करबहादुर कठायतले कार्यालय परिसरमै अभद्र व्यवहार गरेका हुन् । गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र सानागाउँ प्रहरी चौकीबाट खटिएका प्रहरीकै अगाडि आफूहरुमाथि गालीगलौज गर्ने, शरीरमा जाइलाग्ने, क्यामेरा बन्द गर्न लगाउने, मास्क खोल्न लगाउनेलगायतका अभद्र व्यवहार भएको पीडित पत्रकारहरुको आरोप छ । घटनाका विषयमा गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीसँग बुझ्दा, पत्रकारमाथि अभद्र व्यवहार भएको तथा उक्त घटनाले आफू लज्जास्पदसमेत बनेको बताए । दुव्र्यवहार गरेको आरोप लागेका जनप्रतिनिधिसँग थप बुझन खोज्दा सम्पर्क हुन सकेन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
एनपीएल फाइनलः सुदूरपश्चिमले जनकपुरलाई दियो १८५ रनको लक्ष्य
पुष ६, २०८१ शनिबार
कर्णाली नदी क्षेत्रमा आइपुगे आगन्तुक लक्ष्मण सारस
पुष ६, २०८१ शनिबार
थुनामुक्त गरिदिने भन्दै साढे ३९ हजार भारु घुस खाने तीन जना पक्राउ
पुष ६, २०८१ शनिबार
महोत्तरीमा लुटेराहरूले घरधनीको हत्या गरी लाखौंको लुटपाट
पुष ६, २०८१ शनिबार
मंकीपक्सबाट बच्न सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
पुष ६, २०८१ शनिबार