सिस्नेलाई नगरपालिका बनाउने प्रस्ताव गाउँसभाबाट पारित
नेपालबहस संवाददाता
असार ११, २०७८ शुक्रबार १८:५८:५६
११ असार, रुकुम ‘पूर्व’ । रुकुम ‘पूर्व’ को सिस्ने गाउँपालिकालाई नगरपालिका बनाउने प्रस्ताव गाउँसभाबाट पारित भएको छ । नवौँ गाउँसभामा सिस्नेलाई नगरपालिका बनाउन पेश गरिएको प्रस्ताव गाउँसभाबाट सर्वसम्मतले पारित भएको हो ।
नगरपालिका बनाउनको लागि आवश्यक मापदण्ड सबै पूरा भएकाले सो प्रस्ताव गरिएको गाउँपालिकाले जनाएको छ । गाउँसभाबाट पारित भएको उक्त प्रस्ताव अब प्रदेश हुँदै सङ्घ सरकारमा जाने छ ।
सिस्ने गाउँपालिकामा अहिले आठ वडा रहेका छन् । अब दुई वटा वडालाई टुक्र्याएर १० वडासहितको सिस्ने नगरपालिका प्रदेशमा प्रस्ताव गरिने भएको गाउँपालिका अध्यक्ष कुमारी बरालले जानकारी दिए ।
सिस्ने १ नम्बर वडालाई टुक्र्याएर १ र २ नम्बर वडा बनाइने छ भने २ नम्बर वडालाई टुक्र्याएर ३ र ४ नम्बर वडा बनाइने प्रस्ताव गरिएको छ । त्यस्तै ५, ६, ७ र ८ नम्बर वडालाई भने अहिलेकै अवस्थामा यथावत राखिने गाउँपालिका अध्यक्ष बरालले बताए । वडा टुक्र्याउने प्रस्ताव गर्नुभन्दा अगाडिका ३ र ४ नम्बर वडालाई भने क्रमशः ९ र १० नम्बर वडा बनाउने प्रस्ताव गरिएको छ ।
जनसङ्ख्याको आधारमा हेर्दा सानो तर भौगोलिक हिसाबले ठूलो यस गाउँपालिकाका वडालाई यहाँका नागरिकको सहजताकै लागि वडा टुक्र्याउने र नगरपालिका बनाउने प्रस्ताव गाउँसभाबाट पारित गरिएको गाउँपालिकाले जनाएको छ ।
यस्तै, गाउँसभाबाट सिस्नेको आर्थिक विधेयक, सौजन्य आधारभूत विद्यालय र जनज्योति महिला समूहबीच जग्गा सट्टापट्टा सम्बन्धको निर्णय र कर्मचारी समायोजन सम्बन्धमा बनेको ऐन २०७८ पनि सर्वसम्मतले पारित भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त हुँदै
मंसिर ११, २०८१ मंगलबार
दृष्टिविहीन टी–२० विश्वकप क्रिकेट: नेपालले दक्षिण अफ्रिकालाई हरायो
मंसिर ११, २०८१ मंगलबार
कृषि क्रान्तिका लागि फरक ढङ्गले काम गर्छाैं : प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
एनपीएलमा उत्कृष्ट नेपाली खेलाडीले कार पुरस्कार पाउने
मंसिर ११, २०८१ मंगलबार
निर्वाह भत्ता दिने निर्णय नसच्याए काम छाडेर सडकमा उत्रने आवासीय चिकित्सकहरुको चेतावनी
मंसिर ११, २०८१ मंगलबार
इजरायली राजदूतद्वारा बीपी सङ्ग्रहालयको निरीक्षण
मंसिर ११, २०८१ मंगलबार